2026 June 25/ 11:34: 28pm

      पनौती/इन्द्रेश्वर क्याम्पस पनौतीमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा १ दिने जलवायु परिवर्तन यसका प्रभाव र न्युनिकरणको उपायहरु विषयक कार्यशाला गोष्ठी गत शनिवार सम्पन्न भयो । कार्यक्रममा विषय विज्ञ प्रशिक्षकमा काठमाडौं महानगरपालिकाका वातावरण निरीक्षक सुष्टि श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका वातावरण विभागका अधिकृत राजाराम कर्माचार्य र विनोद पराजुलीबाट जलवायु परिवर्तन यसका प्रभाव र न्युनिकरणको उपायहरु बारेमा वर्तमान समयमा भइरेका वातावरणीय प्रभाग र बचाउका उपायबारे क्याम्पसका विद्यार्थी, अभिभावक, पनौती नगरका विद्यालयका विद्यार्थी एवम् शिक्षकहरुलाई प्रशिक्षण दिइएको थियो ।
         कार्यक्रममा जलवायु परिर्वतन भनेको के हो ? यसले मानव जिवन कस्तो प्रभाव पारोको छ ? यसलाई कसरी कम गर्न सकिन्छ ? हाम्रो जिम्मोरी के हो ? लगायतका विषयमा आफ्नो ठाउँबाट गर्न सकिने उपायहरुको जानकारी तथा विश्व वातावरणमा भइरहेको हरित ग्याँसको विकासबाट तापक्रमको बृद्धिले नेपाललगायतका अतिकम विकसित देशका जनताहरुले भोगिरहेको समस्याहरु खानेपानीको अभाव, दुषित हावा, अतिवृष्टि र अनावृष्टिलगायतका समस्याहरुको पहिचानबारे जानकारी प्रदान गरिएको थियो । 
         कार्यक्रमको बारेमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले यस्तो कार्यक्रमले फजुल खर्च गर्न सिकिने र विश्व वातावरणको पनि संरक्षण हुने कुराको ज्ञान प्राप्त भएकोले यसबाट विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलई जिवनउपयोगी शिप सिकाई भएको जनाकारी दिनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख श्रीकुमार सुवालले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगबाट क्याम्पसले जनजिवनको चासोको विषयमा जनचेतना जगाउने तथा क्याम्पसका समुदायको वृत्तिविकासका लागि यस्तो कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिनुभयो ।