2026 June 25/ 03:23: 10pm

    बनेपा/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बनेपाको आयोजनामा अंग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । 
    कार्यक्रम प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा बनेपा नगर अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न भएको छ । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, अनुशासन तथा सुन्दर हस्तलेखन विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । अंग्रेजी हस्तलेखन प्रतियोगितातर्फ विद्या सागर स्कुल बनेपा प्रथम, ग्रेसल्याण्ड स्कुल द्वितीय,  ज्ञानज्योति सेकेन्डरी स्कुल तृतीय तथा क्षितिज अंग्रेजी स्कुल चतुर्थ हुन सफल भए । 
    त्यसैगरी नेपाली हस्तलेखन प्रतियोगितामा ज्ञानज्योति स्कुल प्रथम, एभरेष्ट एकेडेमी बनेपा द्वितीय, ज्योति एकेडेमी र ग्रेसल्याण्ड स्कुल संयुक्त रूपमा तृतीय र विद्या सागर स्कुल चतुर्थ स्थान हासिल गर्न सफल भए । कार्यक्रममा बोल्दै सहभागीहरुले प्रतियोगिताले विद्यार्थीहरूमा लेखन सीप, एकाग्रता, अनुशासन तथा सिर्जनशीलताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । सहभागी विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै उनीहरूले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
    प्याब्सन बनेपाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सहभागी सबै विद्यार्थी, शिक्षक तथा अभिभावकहरूप्रति धन्यवाद व्यक्त गरेको छ । प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास रहेको ।