2026 June 26/ 02:59: 23am

        बनेपा/रिटिर्नी फेडेरेशन नेपाल काभ्रेको दोस्रो जिल्ला अधिबेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
        प्रमुख अतिथी बास्कोटाले बाहिर गएर नेपाल फर्केकाहरुलाई संगठित गरेर केहि नेपालमै केहि काम गर्न बनेको संस्थालाई सफलताको शुभकामना ब्यक्त गरेका थिए । उहाँहरुसँग पुँजी पनि छ, सिप पनि छ नेपालमै सदुपयोग गर्नका लागी उहाँहरु संगठित भएर लाग्नु भएको छ त्यसमा आफ्नो सहयोग रहने बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, रिटर्नी नेपालका केन्द्रिय महासचिव जेवी सापकोटा, प्रदेश अध्यक्ष हेम राई, नेकपा एमाले संगठन विभाग प्रमुख प्रकाश रोक्का, ईन्चार्ज सुर्दशन हुमागाई, पूर्व प्रदेश सांसद् चन्द्र लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
        कार्यक्रममा स्वागत मन्तब्य सदस्य श्रीराम थापाले राखेका थिए भने सभापतित्व अध्यक्ष दिपक चौलागाईले गरेका थिए । अधिबेशनको बनदसत्रबाट अध्यक्षमा रामकृष्ण आचार्य उपाध्यक्ष दिपक खड्का, उपाध्यक्ष आक्रोश तामाङ सचिव विजय गौतम, उप–सचिव हरि उप्रेती, उप–सचिव विकास कुमार वाइवा कोषाध्यक्ष यज्ञप्रसाद डोटेल लगायत निर्विरोध निर्वाचित भएका छन् ।