2026 April 12/ 02:57: 20am

मणिराज श्रेष्ठ
निर्देशक, पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल
(बौद्धिक, अटिजम लगायतका अपाङ्गता भएका बालबालिकाहरूको निम्ति २०५८ साल देखि कार्यरत संस्था)

 विश्व अटिजम जागरूकता दिवस २०२६ को सबैमा हार्दिक मंगलमय शुभ–कामना ।
              सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले अप्रिल २ लाई विश्व अटिजम जागरूकता दिवस (
WAAD) को रूपमा तोकेदेखि, संयुक्त राष्ट्र संघले अटिजम भएका व्यक्तिहरूको लागि मानव अधिकार र मौलिक स्वतन्त्रताको पूर्ण प्राप्तिलाई प्रबद्र्धन गर्न, समाजमा उनीहरूको समान सहभागिता सुनिश्चित गर्न काम गरेको छ । 
२०२६ को विश्व अटिजम जागरूकता दिवसको नारा “अटिजम र मानवता ( प्रत्येक जीवनको मूल्य हुन्छ”
held under the theme “Autism and Humanity – Every Life Has Value,” भन्ने रहेको छ । यो दिवस नेपाल लगायत विश्वका बिभिन्न देशहरूमा अप्रिल २ देखि १ महिना सम्म विभिन्न कार्यक्रम सहित मनाउंदै आईरहेको छ । अटिजमको अवधारणाको शुरूवाट १९११ मा जर्मन मनोचिकित्सक Eugen Bleuler द्वारा  भएको पाईन्छ । त्यस पछि बिभिन्न चिकित्सक लगायतका ब्यक्तिहरूबाट यस सम्बन्धि अध्ययन अनुसन्धान गर्ने क्रम हाल सम्म पनि जारी नै रहेको छ । 
बिश्व स्वास्थ्य संघ (WHO) हाल सम्म निर्धारण गरिएका विभिन्न प्रकारका अपाङ्गता मध्ये   अटिजमलाई पनि एक प्रकारको अपाङ्गताका रुपमा निर्धारित गरिएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा २०७४ संशोधित २०७५ को अपाङ्गता सम्बन्धी अधिकार ऐनले अटिजमलाई एक छुट्टै अपाङ्गताको रुपमा मान्यता प्रदान गरिएको छ । यसभन्दा अगाडि अपाङ्गता सम्बन्धि २०६३ ले अटिजम, मानसिक अस्वस्थता र बौद्धिकलाई मानसिक अपाङ्गताको प्रकार भनेर यसै अन्तर्गत परिभाषित गरेर राखिएको थियो ।
सायद त्यसैले होला अटिजमको बारेमा वकालत गर्ने तथा यसमा लाग्ने केही अभियन्ताहरूबाटै अटिजम भनेको अरु कुनै प्रकारको अपाङ्गतासँग गाँसिएको नभई केवल अटिजमको मात्र समस्या हुने गर्दछ भन्ने गरेको सुन्न पढ्न पाइन्छ । तर वास्तवमा त्यसो होइन कुनै पनि अपाङ्गता भएको व्यक्तिहरूमा अन्य प्रकारका अपाङ्गता पनि हुन सक्छ भन्ने बुझ्नुपर्दछ । 
अटिजम पनि विकासात्मक अपाङ्गता भित्र पर्ने हुनाले अटिजम भएका व्यक्तिहरूमा अन्य अपाङ्गता जस्तै बौद्धिक अपाङ्गता, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, भ्रुण अल्कोहल सिन्ड्रोम
(Fetal alchol syndrome_  लगायत लक्षणहरू हुने बढी सम्भावना हुन्छ । यसरी जागरूकता दिवस कार्यक्रम, सरकारी छुट्टै मान्यता प्रदान भएका लगायत कारण नेपाल लगायत बिश्वका विभिन्न देशहरूमा अटिजम हुनेको संख्या बढेको जस्तो देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार करिब सय जना बालबालिकाहरू मध्ये एक जनालाई अटिजम हुने गरेको छ, भने अमेरिकामा ४४ जना बालबालिकाहरू मध्ये १ जनालाई अटिजमको समस्या रहेको देखाएको छ ।
          नेपालको सन्दर्भमा २०७८ सालमा नेपाल सरकार तथ्यांक विभागबाट लिएको जनगणना अनुसार अटिजम भएकाहरूको संख्या कुल ४८८६ जना देखाएको छ । तर, यस तथ्यांकलाई अटिजमसँग सरोकार ब्यक्ति तथा संस्थाहरूले स्विकारेको अवस्था छैन् । 
अटिजम के हो ?
           अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) मस्तिष्कको विकाससँग सम्बन्धित एक जन्मजात स्नायु सम्बन्धि अवस्था हो । जसले सामाजिक अन्तरक्रिया, सञ्चार, र व्यवहारमा प्रभाव पार्छ । यसका लक्षणहरू २ देखि ३ वर्षको उमेर भित्र देखिन थाल्छन् । अटिष्टिक भएका बालबालिकाहरू मध्ये पनि बिभिन्न खालका (हल्का, मध्यम, तिब्र, अति तिब्र), लक्षणहरूमा पनि केहि भिन्नता लगायतका भिन्नता हुन सक्छ । अटिजम रोग नभएर एक अवस्था हो, जसलाई उपचारद्वारा निको पार्न सकिँदैन, तर समयमै विशेष थेरापी, तालिम र हेरचाहबाट उनीहरूको जीवनस्तर सुधार्न र सहज बनाउन सकिन्छ । 
अटिजम हुन सक्ने कारणहरूः
         अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) एउटा जटिल स्नायु विकासात्मक अवस्था भएकोले यसको कुनै ठोस कारण पत्ता नलागे पनि अहिले सम्मको अध्ययन र अनुसन्धानबाट मुख्यतयाः वंशाणुगत, वातावरणीय प्रभावको कारणले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने कार्यमा समस्या भै अटिजम् हुन सक्ने औँल्याएका छन् । 
अटिजमका मुख्य लक्षणहरू :
१. सामाजिक अन्तरक्रियामा कठिनाइ :

अरूसँग आँखा जुधाउन (भ्थभ ऋयलतबअत) नखोज्ने, साथी बनाउन नचाहने, अरूको भावना बुझ्न अप्ठ्यारो हुनु र एक्लै बस्ने गर्दछ ।
२. भाषा तथा सञ्चारमा समस्याः
        केही बालबालिकाले बोल्न नसक्ने वा शब्दको प्रयोग नगर्ने, ढिलो बोल्नु, बोलेका कुरा बारम्बार दोर्होयाउनु (भ्अजयबिष्बि), वा आफ्नो आवश्यकता बोलिद्वारा ब्यक्त मात्र होइन कुनै माध्यमबाट संचार गर्नमा समेत समस्या भएको हुन सक्छ ।
३. व्यवहारः
एउटै व्यवहार बारम्बार दोर्होयाउने जस्तै (हात हल्लाउने, घुम्ने वा खेलौना मिलाउने काम बारम्बार गर्ने ।
४. परिवर्तनमा असजिलो :
         पहिला देखि अबलम्बन गर्दै आएको तालिका अनुसार चल्न चाहन्छ । यसमा सानो परिवर्तन मात्र गर्दा पनि उनीहरू विचलित हुने हुन्छ । जसको प्रतिक्रिया स्वरूप आफ्ने कपाल तान्ने, टोक्ने, लगाएको लुगा च्यात्ने लगायतका व्यवहार देखाउने गर्छ । 
अटिजमका लागि तालिम तथा हेरचाहः
            जति सानो उमेर मै पहिचान गरेर उचित रूपमा उसलाई तालिम, विभिन्न थेरापीहरू, हेरचाह आदि गर्न सक्यौं ठूलो हुँदै गएपछि उसमा उति नै छिटो सुधार हुन्दै समस्याहरू कम हुनसक्छ । नेपालको सन्दर्भमा केहि बर्ष अगाडिबाट विशेष गरि अभिभावकहरूको तथा समाजसेवीहरूको विशेष पहलमा अटिजम भएका बालबालिकाहरूलाई तालिम तथा हेरचाह गर्ने छुट्टै दिवा केन्द्र तथा विद्यालयहरू संचालन हुन थालेको छ । त्यो पनि निकै कम र धेरै जसो काठमाण्डौमा रहेका छन् । उपत्यका बाहिर नगन्य कतै कतै मात्र रहेको छ । धेरै जसो बौद्धिक अपाङ्गता र सबै प्रकार अपाङ्गता भएका बालबालिकाहरूलाई सेवा दिने दिवा सेवा केन्द्र, विशेष विद्यालय, स्रोत कक्षाहरूमा अटिजम भएका बालबालिकाहरू रहेका छन् । 
नेपाल सरकारले सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई समेत शिक्षा प्रदान गर्ने समावेशी शिक्षा सम्बन्धि नीति नियमहरू ल्याएता पनि कार्यान्वयनका रूपमा खासै उतार्न सकिरहेको अबस्था छैन ।
अन्तमा,
          पहिले भन्दा हाल अटिजमको बारेमा अभिभावक तथा समाजमा चेतना केहि बढेको छ । जसको फलस्वरूप, अटिस्टिक बालबालिकाहरू र तीनिहरूका परिवार प्रति हेर्ने दृष्टिकोण र ब्यबहारमा सकारात्मकता देखिएको अनुभुति गर्न सकिन्छ । कुनै पनि बालबालिकामा अटिजमको लक्षण छ कि भन्ने शंका लागेमा ढिलो नगरिकन सम्बन्धित चिकित्सक वा बिज्ञसँग परामर्श लिएर समयमा नै तालिम, हेरचाह लगायतका मद्दतको थालनी सकेमा तिनीहरूमा सुधार भएर सहज जीवनयापन गर्न पनि सक्ने रहेछ भन्ने महशुस गर्न सक्ने अवस्था हुन्छ  र भै रहेको पनि छ । वास्तवमा जुनसुकै जस्तो किसिमको बालबालिका भएता पनि तिनीहरूको क्षमता, स्तर र समस्याको प्रकृति अनुसार अधिक्तम सुधार तथा परिवर्तन ल्याउनमा अभिभावक तथा परिवारको अहम् भूमिका रहन्छ नै । त्यसैले आफ्ना अटिस्टिक बालबालिकाको जीवनयापनमा सहजता तथा सुधार ल्याउनका लागि अभिभावक वा परिवारले सम्बन्धित निकायबाट तालिम लिएर दैनिक कम्तिमा केही समय मिलाएर कार्यान्वयन गर्नु जरूरी हुन्छ ।