2026 May 02/ 10:10: 04am

जीवन विज्ञानले मानव जीवन कल्याणको लागी देश, विदेशमा  योग ध्यान र प्राणायामको कार्यक्रमहरू गर्दै आइरहेको छ । हाम्रो धर्म संस्कृति धार्मिक सहिष्ताणुमा बौद्धिक ज्ञानले मानिसको मानसिक र भौतिक स्वास्थ तन्दुरुष्टीको लागी जीवन विज्ञान विशुद्ध नेपालीपनको योग विज्ञान भएको छ । संस्थापक गुरुदेव रमेश नेपाल र एल. पी. भानु शर्मा द्वारा संन्चालित जीवन विज्ञानले छोटो समयमा विश्व माझ योगको क्षेत्रमा निकै ठुलो लोकप्रियता हासिल गरेको छ । अहिलेको परिस्थितिमा संन्चार माध्यम, अनलाइन, फेसबुक  जुम अन्य प्रविधिबाट देश विदेशमा पहुँच हुने गरी जीवन विज्ञानले नियमित रूपमा कार्यक्रमहरू गर्दै आई रहेका छ । नेपालले गौरव गर्न सक्ने विश्वकै अत्याधुनिक सुविधा सम्पन्न धादिङको धार्केमा जीवन विज्ञान धाम बन्दै गरेको अवस्था छ ।
जीवन विज्ञानको उद्देश्य भनेको योग, ध्यान, प्राणायाम मार्फत आध्यात्मिक ज्ञान “म भित्रको आफूलाई चिनाउने हो ।” आत्मालाई परमात्मा सँग जोडन भक्ति मार्गको बाटो एउटा सेवकको रूपमा रमेश र भानु गुरुदेव स्थापित भएका छन् । वहाँहरू भन्नु हुन्छ धर्ममा आस्था छ भने विश्वास जगाउने र लक्ष्यमा पुर्याउने दायित्व हामी गुरुको हुन्छ । मानिसलाई अर्थ पूर्ण जीवन बिताउनको लागी जीवन विज्ञानले बोध विज्ञान, लय विज्ञान, ऐश्वर्य विज्ञान, चक्र विज्ञान, खुसी विज्ञान अन्य धेरै कार्यक्रमहरू गर्दै आई रहेको छ ।
धार्मिक आध्यात्मिक र वैज्ञानिक तवरबाट म भित्रको आफू चिनाउने अभियान हो । हामीलाई आफ्नै शरीर भित्रका  अङ्गहरूको शक्तिको बारेमा थाहा पाउने चक्र विज्ञानको बारेमा बुझ्नको लागी गुरुको आवश्यक हुन्छ । मानिसको जीवनको लागी अति आवश्यक जीवन विज्ञानको कार्यक्रम मध्ये तनाव विसर्जन पनि एक हो । देश विदेश विभिन्न ठाउँमा प्राथमिकताका साथ अग्रज जीवन विज्ञानका  शिक्षकहरू बाट तनाव विसर्जन कार्यशालाको आयोजना गर्दै आएका छन् ।
काभ्रेको बनेपा पार्टी भेन्युमा यही २०८० असार २ गते शनिवार एक दिवसीय तनाव विसर्जन कार्यशाला कार्यक्रम सञ्चालन हुने जानकारी गराउँदै यस बारे बुझ्नु पर्ने केही कुराहरू अवगत गराउन गई रहेको छु । मानिसहरू आफ्नो शारीरिक र मानसिक कमी कमजोरीहरू  अरूको सामु राख्न हुँदैन अरूलाई बताउन हुँदैन भन्ने सोच राख्दछन् । हाम्रो समाजले कसैको कमजोरीमा सहयोग गर्नुको साटो हेप्ने गर्दछन् । त्यसैले पनि मानिस आफ्नो कमजोरीलाई लुकाएर कमजोरी नभएको अभिव्यक्ति प्रदर्शन गरी रहेका हुन्छन् । आखिर के यो संसारमा तनाव रहित मानिसहरू पनि  हुन्छन् ?  भ्रष्ट्राचार ,  आतङ्क , बेरोजगार ,आय अर्जन नहुँदा , देशमा आर्थिक संकट , राजनीतिक हस्तक्षेपले गर्दा देश भद्रगोल अवस्थामा रहेको छ । अहिले हरेक व्यक्तिहरू तनावको स्थितिमा छन् ।
मानिसहरू मात्र यस्तो प्राणी हो, जसले संसारमा भएका सबै प्राकृतिक चिजहरू आफ्नो लागी उपयोग गर्न सक्छन् । त्यसैले मानिसलाई यस पृथ्वीको सर्व श्रेष्ठ प्राणी भनिएको छ । हामी आफ्नो बारेमा अरूको बारेमा सोच्ने गर्छौ । हामी आफ्नो हित अरूको हित छुट्टाउने गर्दछौ । आफै भित्र धेरै कुराहरू मनमा खेलाउने गर्दछौ । हामीले सोचेका हुन्छौ मलाई तनाव छैन अरूलाई तनाव छ । वा अरूलाई तनाव छैन, मलाई तनाव छ अथवा हामी सबैलाई तनाव छ । तनाव भएर पनि हामी बाँची रहेका छौ । तनाव रहित हामी हुन सक्दैनौ ।  सानो प्रयासहरूले पनि हामी आफ्नो तनावलाई आधा बनाउन सक्छौ । तनाव आधा भयो भने हामी घर परिवारमा खुसी हुन सक्छौ । समाज, व्यापार, व्यवसाय आफ्नो क्षेत्रको काममा प्रगति, सफल हुन सक्छौ । आफ्नो स्वास्थ्यमा खुसी हुन सक्छौ । तनाव कम भयो भने आफ्नो स्वास्थ समस्यामा औषधीले पुरापुर काम गर्छ । हामीले आफ्नो स्वास्थ्यमा आधा औषधी घटाउन सक्छौ । जिन्दगीमा आधा दुख घटाउन सक्छौ । आधा घटेको दुखको ठाउमा खुसी भर्न सकियो भने यही जीवन कायापलट हुनेछ ।
चिन्ता के हो ?
भनिन्छ मान्छेलाई चिन्ताले चित्तामा पुर्याउन्छ । मानिस सधैँ चिन्तामा डुब्नु हुँदैन । चिन्ता होइन हामीले चिन्तन गर्नु पर्दछ । हामीलाई एउटै कुराले रात दिन सताउने गर्दछ । एउटै समस्याले पिरोली रहन्छ । एउटै कुरा बारबार मनमा आई रहन्छ भने त्यो चिन्ता हो । एउटा उदाहरण एउटा व्यक्ति आज मलाई निन्द्रा लागेन । हिजो पनि लागेको थिएन । भोलि पनि लाग्दैन । मलाई निन्द्रा लाग्दैन भन्ने चिन्ताले ग्रसित हुन थाल्छ । यही कुरा मनमा खेल्दा खेल्दै पाँच छ दिन बित्छ सातौँ दिनमा उसले निन्द्रा लाग्ने औषधी सेवन गर्छ । यदि मलाई निन्द्रा किन लागेन भनेर चिन्तनबाट उपाय खोजेर मलाई निन्द्रा लाग्छ भन्ने आत्मबल बढाउन सकेमा उसलाई औषधीको आवश्यकता पर्ने नै थिएन  ।चिन्ता भगाउन चिन्तनको आवश्यक हुन्छ । हाम्रो दिमागमा चिन्ता र चिन्तन दुवै एकै पटक आउन सक्दैन । जब चिन्ता लाग्छ चिन्तन हुँदैन । जब चिन्तन गरिरहेका हुन्छ चिन्ता हुँदैन । चिन्तन गरेर कर्म गरे चिन्ताबाट मुक्त हुन सकिन्छ ।
युवा अवस्थामा हामीमा जोस जाँगर शक्ति हुन्छ । यो अवस्थामा हामी नास्तिकको रूपमा रहन्छौ भगवान् देवी देवता छ जस्तो पनि लाग्दैन । शरीरमा कुनै समस्या रुघा लाग्यो । ज्वरो आयो ।पेट दुख्यो । टाउको दुख्यो भने औषधी खाएर निको हुन्छ भनेर सोच्छौ । प्रेसर बढ्यो सुगर बढ्यो भने कुनै कारणले गर्दा भयो वा शरीरमा हेलचक्र्याई भयो भनेर सजक हुन्छौ । शरीरमा लाग्ने रोग हाम्रो नियन्त्रणमा हुँदैन । आफ्नो शरीर पनि आफूले भने जस्तो हुँदैन । एक दिन सबै मर्नु नै पर्दछ । हामी आफ्नो शरीरमा भएको समस्या सुल्झाउन सक्छौ रोक्न भने सक्दैनौ । उपचार गर्न सक्छौ । मर्नबाट उन्मुक्ति पाउन सक्दैनौ । यदि आफूमा वा परिवारको सदस्यमा ठुलै रोग लाग्यो भने हामी बल्ल हामी भगवान् सम्झन्छौ । आफ्नो काबु भन्दा बाहिरको समस्या परे पछि हामी भन्दा बाहेक यो दुनियाँमा अर्को शक्ति छ भनेर बोध हुन्छ । सफलता र असफलता सबै मान्छेको अधीनमा हुँदैन । आफ्नो निरन्तर प्रयासमा नसोचेको अकल्पनीय प्रगति भयो भने तेस्रो शक्ति भएको आभास हुन्छ । ठुलै दुख पर्दा होस् वा सुखको अनुभूतिमा बाहय शक्तिको आभास हुन्छ तब मानिस धर्ममा विश्वास गर्छन् तब मानिस भगवान् प्रति आश्रित हुन्छन् । हामी मानव सबैमा पूर्ण छैन । संसारमा मानिसले गर्न नसकिने  कुनै असम्भव भने चिज छैन । तर सम्भव सबै आफ्नो भाग्यमा लेखिएको हुँदैन । त्यसैले पनि हामीले आफूले आफैलाई बुझ्न पनि गुरुहरूको देन चाहिन्छ । सत्यको भेउ पाउन योग ध्यान प्राणायामको आवश्यक छ । चिन्ताबाट मुक्ति पाउन चिन्तन गर्न सक्नु पर्दछ । चिन्तन गर्ने मार्ग योगाभ्यास , ध्यान , प्राणायाम , हो ।
तनाव के हो ?
सबैका घर परिवारमा गुणवान् श्रीमती र असल पुत्र हुँदैन । माया गर्नुपर्ने नजिकका व्यक्तिहरूबाट असहयोग धोका भएको महसुस गर्दछौ सानो सानो कुरामा चित्त दुखाई आफ्नै मान्छेबाट भएको ठान्छौ । महसुस हुने तर भन्न नहुने तनाव बढ्दै जान्छ । फलामले सुनलाई पिट्दा ठुलो आवाज आउँदैन । फलामले फलाम कुट्दा चर्कै आवाज आएको हुन्छ । भनिन्छ बन्चरोले रुख काट्दा रुखलाई फलाम बन्चरो सँग रिस हुँदैन । गुनासो त आफ्नै काठको बिँड सँग हुन्छ । समस्या परिवारमा बाँड्न सकिएन । समस्या आफूलाई मात्र परेको हो भनेर बुझ्न थाल्यो भने चिन्ता आफै भित्र भित्र बढ्न थाल्छ । हामीले आफूमा भएको तनावलाई बुझ्न सकिएन भने दैनिक जीवनमा असर पु¥याई रहेको हुन्छ र कालान्तरमा सानो समस्याबाट विकराल रूप लिने गर्दछ । त्यसैले जीवनलाई सहज र सरल तरिकाबाट जिउनको लागी योग ध्यान व्यायामको आवश्यक पर्ने हुन्छ । 
जीवन भौतिक शरीरलाई मानसिक रूपमा सन्तुलन राख्नको लागी धार्मिक, आध्यात्मिक र विज्ञानको त्रिकोणात्मक पक्षबाट समस्याको निराकरणको मार्ग जीवन विज्ञानका गुरुहरूको सत सङ्गतबाट पाउन सक्छौ । आफ्नो जीवनमा खुसीको वीज रोप्न सक्यौ भने हामीबाट चिन्ता आफै टाढा हुने गर्दछ । त्यसैले हामी एक दिने कार्यक्रम खुसी विज्ञान, तनाव विसर्जन जस्तो कार्यक्रममा सहभागी भएर तनाव मुक्त भएर खुसीमा बाँच्न सक्छौ । यही नै जीवन विज्ञानको लक्ष्य हो उपलब्धि हो ।

(लेखक जीवन विज्ञानका प्रशिक्षक हुनुहुन्छ)