कोरोनाको महामारी बीच जनगणना २०७८ ले पछिल्लो मुलुकका महत्वपूर्ण तथ्याङ्कहरु सार्वजनिक गरेको छ । धर्मनिरपेक्ष मुलुकमा धर्म मान्नेहरुको संख्या र जातजातिको अवस्था पनि सार्वजनिक भएको छ । केहि साता अघि जनगणनाका अन्य केहि तथ्याङ्क सार्वजनिक गरेर धर्म र जातको तथ्याङ्क सार्वजनिक नगरेको तथ्याङ्क विभागले प्रकाशन गरेको पछिल्लो तथ्याङ्क अनुसार घट्दो जनगणनाका कारण हरेक धर्म मान्ने ब्यक्तिहरु र जातजातीमा पनि फेरबदल आएको छ । समावेशी वा मर्यादित जातका थरहरु परिवर्तन भएका छन् । केहि जातजातीहरु आउने र जाने क्रम भएको छ । तर पनि पछिल्लो तथ्याङ्कले तीन तहका सरकारले बनाउने कार्यक्रम, नीति तथा योजना र बजेटलाई पनि सहयोग पु¥याउने छ । लोपोन्मुख जाति तथा धर्मको संरक्षण तथा तिनिहरुको प्रर्वद्धनका लागि राज्यले गर्ने र खेल्नु भूमिकामा थप सहयोग पुगेको छ ।
जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लाको कूल जनसंख्यामा धर्म र जात अनुसारको संख्याको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा बसोबास गर्ने नागरिकहरुले आठ वटा धर्म मान्ने गरेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार सबै धन्दा धेरै हिन्दु र सबै भन्दा कम शिख धर्म मान्ने नागरिकहरु देखिएका छन् । हिन्दु धर्म मान्नेहरुको सख्या धेरै भए पनि यिनीहरु संगठित हुने धर्मको रक्षा र प्रचार गर्ने अभियानमा सक्रिय छैनन । तर कम जनसख्या भएका धर्मका नागरिकहरु संगठित हुने, आफ्नो धर्मको रक्षाका लागि कार्यक्रमहरु गर्ने, धर्म अतिक्रमण हुन नदिने कार्य गरिरहेका छन् । जिल्लामा रहेको कूल जनसंख्या ३ लाख ६४ हजार ३९ मध्ये शिख धर्म मान्ने बनेपा नगरपालिकामा दुई जना मात्रै छन् । हिन्दु धर्म मान्नेहरु सबै भन्दा धेरै २ लाख ३० हजार ४ सय ६० जना छन् । नयाँ धर्म बोन मान्ने देखिएका छन् । दोश्रोमा बौद्ध धर्म मान्नेहरु छन् । १ लाख २३ हजार ३ सय ७१ जनाले बौद्ध धर्म मान्ने गरेको तथ्याङ्क छ । तेश्रोमा इसाई धर्म मान्नेहरुको संख्या छ । ७ हजार ६ सय ६४ जनाले ईसाई धर्म मान्ने गरेका छन् भने ६ सय ८१ जनाले इलाम, ५ सय ९४ जनाले किराँत, १ हनार २ सय ५६ जनाले प्रकृति र ११ जनाले बोन धर्म मान्ने गरेका छन् । जिल्लामा जैन र बहाई धर्म मान्नेहरुको संंख्या छैन । २०६८ सालको जनगणना अनुसार ३ लाख ८१ हजार ९ सय ३७ जनसंख्या हुँदा हरेक धर्म मान्नेहरुको संख्या धेरै थियो । ईसाई धर्म मान्नेहरुको बाहेक अन्य धर्म मान्नेहरु प्रतिशतका आधारमा कम भएका छन् । २०७८ सालको जनगणनामा पालिका अनुसार हरेक पालिकामा धर्म मान्नेहरुको संख्या उल्लेख गरिएको छ । तथ्याङ्कले हरेक पालिकाको योजना निर्माणमा सहयोग पु¥याउने छ ।
काभ्रेमा ६१ जातका नागरिकहरु रहेको जनगणना २०७८ ले देखाएको छ । २०६८ सालमा ६० जातका नागरिकहरु रहेको तथ्यांक रहेको थियो । सबैभन्दा धेरै तामाङ समुदायका छन् । १ लाख २२ हजार ९ सय ३० जना रहेका छन् । जसमा पुरुष ५९ हजार ५ सय १५ र महिला ६३ हजार ४ सय १५ छन् । पुरुष भन्दा महिला धेरै छन् । ब्राम्हण ७३ हजार ३ सय ४५, क्षेत्री ४९ हजार ४ सय १५ छन् । नेवार समुदायका ४८ हजार ८ सय २७ रहेका छन् भने मगर १४ हजार ४ सय ५६ जना रहेका छन् । लोपोन्मुख माझी, पहरीको संख्या बढेको छ ।





