यतिखेर मुलुक आर्थिक सकटोन्मुख छ । ब्यापार ब्यवसाय ठप्प प्रायः छ । भाडामा बसेका ब्यवसायीहरु बंैकको ब्याज र भाडा तिर्न नसकेर असार मसान्त पछि के गर्ने भन्दै चिन्तामा छन् । सरकारले घटाउने भनेको बैंकको ब्याज पनि घट्न सकेको छैन । चैत्र मसान्त भित्र तिर्नुपर्ने किस्ता र ब्याज बुझाउन सकेका छैनन् । यस्तो अवस्थामा कर बुझाउने कुरा पनि नागरिकहरुले बेवास्ता गरेका छन् । अघिल्लो आर्थिक वर्षमा कर तिर्नु पर्ने १३ हजार ५ सय ८५ करदाताले अझै कर बुझाएका छैनन् । अझै यो संख्या चालु वर्षमा थप हुने आशंका गरिएको छ । आर्थिक वर्ष सकिन लाग्दा समेत करदाताहरुमा कर तिर्ने उत्साह छैन । ब्यापार ब्यवसाय चौपट्ट भएकाले ब्यवसायीहरु कर तिर्न सकसमा छन् । नागरिकहरुलाई पनि कर तिर्न उत्साह छैन । कर तिरे अनुसारको राज्यले प्रदान गर्ने सेवा प्रवाह हुन सकेको छैन । अझ तीन तहका सरकारलाई तिर्नुपर्ने फरक फरक स्थानको कर र शिर्षकले नागरिकहरु हैरानी भएका छन् । करको शिक्षा प्रभावकार बनाउँदै कर तिर्दा भएका असहज र ब्यवधानहरुलाई हटाउँदै नागरिकहरुलाई कर तिर्न उत्प्रेरित गर्नु पर्छ ।
काभ्रेपलाञ्चोक जिल्लामा २०७९ असार मसान्तसम्म ३७,६३१ करदाता कायम थिए । ति मध्ये १ हजार ८ सय ५० करदाता मुल्य अभिबृद्धि करमा समावेश भएर पनि कर तिरेका छैनन् । उनिहरुबाट ३० करोड ८३ लाख ९३ हजार २ सय १७ दाखिला भएन । ५ सय ५३ करदाताको १४ करोड ९० लाख ४५ हजार ३१ रुपैया बक्यौता छ । करदाताको बंैक खाताबाट असुल गर्ने, चल सम्पत्ति कब्जा गर्ने, सम्पत्ति लिलाम विक्री गर्ने, कारोवार रोक्का गर्ने र नेपाल बाहिर जान रोक लगाउने प्रकृयातर्फ पहल गर्न निर्देश गरेको छ । आन्तरिक राजश्व कार्यालयले बक्यौता असुल गर्न ताकेता शुरु गरेको छ । केहिले ताकेता अनुसार कर बुझाएका छन् भने केहिले अटेर गरिरहेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७३ को नियम ७३ मा प्रत्येक कार्यालयले आर्थिक वर्ष समाप्त भएको ३५ दिन भित्र लगती राजश्व रकम र असुल हुन बाँकी रकम तथा हसवली राजश्व समेतको कच्चावारी समेत भिडाई राजश्वको बार्षिक आर्थिक विवरण तयार गरी पेश गर्नु पर्ने ब्यवस्था अनुसार तयार गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा कुल करदाता २६ हजार ३ सय ३९, आर्थिक वर्ष २०७७÷०७८ मा ३२ हजार ३ सय ६१, आर्थिक वर्ष २०७८÷०७९ मा ३७ हजार ६ सय ३१ करदाता थपिएका छन् । २०७८÷०७९ मा आयकर तर्फ ब्यक्तिगत फर्म २७ हजार १७ वटा दर्ता भएका छन् । सोहि वर्ष मात्रै १ हजार ४ सय ६८ वटा थप भए । प्राली कम्पनी तर्फ ३ हजार ४ सय ३६ वटा छन् । सोहि वर्ष २ सय ४१ वटा नयाँ थप भए । पब्लिक लिमिटेड कम्पनी तर्फ २५ वटा छन् । साझेदारी फर्म १ हजार १९ वटा छन् । सोहि वर्ष ३७ वटा नयाँ थप भए । सहकारी संस्था १५ सय ८५ वटा छन् । यो वर्ष २४ वटा थप भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा कर तिर्नु पर्ने करदाता मध्ये २३ हजार ७ सय ७३ करदाताले मात्रै आय विवरण दाखिला गरेका छन् ।
कानूनमा तोकिएको समयमा आय विवरण दाखिला नगर्ने करदाता १३ हजार ५ सय ८५ रहेका छन् । आन्तरिक राजश्व कार्यालयमा ५ सय ५३ करदाताहरुमध्ये विभिन्न करदाताहरुसँग २०७९ असार मसान्तसम्म आयकर, पारिश्रमीक कर, बहाल कर, अन्तः शुल्क, बदर्ता मु.अ. कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर, अन्य समेत गरी १४ करोड ९० लाख ४५ हजार ३१ रुपैया असुल गर्न बाँकी छ । बक्यौता राख्ने करदाताहरु मध्ये पुनरावेदन, प्रशासकीय पुनरावलोकनका लागि गएका करदाता बाहेक रकम बक्यौता राख्ने करदाताहरु मध्ये सबैभन्दा बढी कर रकम बक्यौता हुने १० जना करदातालाई बक्यौता असुलीका लागि कानूनी ब्यवस्था अनुसार कारवाही गर्न निर्देश गरिएको छ । कर तिर्न उत्प्रेरित गर्ने र नागरिकहरुलाई सहज बनाउनु पर्ने मुलुक र स्वयम् नागरिकका लागि पनि सहज विषय हो ।





