2026 April 17/ 02:33: 17am

    थोरै पैसामा धेरै जग्गा पाईने लोभमा सर्वसाधारणलाई भु–माफियाहरुले ठगि गरेको खुलासा भएसँगै धेरै प्रश्न उब्जिएका छन् । ठगिनेहरुमा सरकारी कर्मचारी तथा सचेत वर्ग नै छन् तर पनि गिरोहले नक्कली धन्दालाई सक्कली जस्तै बनाएर विश्वास दिलाउन सफल भएको छ । गिरोहलाई सहयोग पु¥याउने धेरै छन् । प्रहरीले गिरोहको सम्बन्ध, सम्पर्क अनि कारोबारका हिसाबले पनि अनुसन्धानलाई तिब्र बनाएको छ । राजनीतिक शक्ति र सम्बन्धका आधारमा गिरोहका सदस्य र गिरोहलाई सहयोग पु¥याउने ब्यक्तिहरुलाई कडा कारवाही हुनुपर्छ । भु–माफियाबाट सचेत रहन नागरिकहरुले सरकारी कागजात सहि छ कि छैन एकीन गर्ने र त्यस्ता कागजातहरु सरकारी कार्यालयबाट प्रमाणीत गरे पछि मात्रै विश्वास गर्नुपर्छ ।
    सरकारले जग्गाको कित्ताकाट र बर्गिकरण नगरी किनबेच रोक्का गरे पछि भु–माफिया सक्रिय भएका हुन् । भु–माफियाले हुँदै नभएको जग्गा देखाएर सरकारी कागजात किर्ते गरी सर्वसाधारण ठगी गरेका हुन । ठगिनेमा सर्वसाधारण देखि राष्ट्र सेवक कर्मचारी समेत छन् । किर्तेका लागि मालपोत कार्यालयका कर्मचारी सहयोगी बनेका छन् । धादिङ घर भई बनेपामा बस्दै आएका रवि रेग्मी, लेखापढी ब्यवसायी सिताकुमारी थापा, उनका श्रीमान् राजन थापा, कर्मचारीद्वय शशित भण्डारी र रामवीनय यादव लगायतको मिलेमत्तोमा सर्वसाधारणलाई हुँदै नभएको जग्गा देखाएर नक्कली कागजात तयार गरी ठगि गरेका हुन् । हुँदै नभएको जग्गा देखाएर भु–माफियाले लेखापढी ब्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा विक्री गराएका हुन् । हुँदै नभएको जग्गा खरिद गर्नेहरु मध्ये चार जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएका छन् । रेग्मिले जग्गा देखाएर १ करोड २१ लाख ५० हजार ठगी गरेको बताईएको छ । अन्य पीडितहरु सम्पर्कमा आईसकेका छैनन् । रेग्मिले झण्डै १० करोड भन्दा धेरै रकम ठगी गरेका छन् ।
    गिरोहले राष्ट्रिय वाणिज्य बैंकको भौचर र छाप सहित अधिकृतको नक्कली हस्ताक्षर, मालपोत कार्यालयको छाप, हस्ताक्षर र पुर्जाको नक्कली प्रिन्ट, वडा कार्यालयको छाप, सिफारिस र वडा अध्यक्षको सिफारिस समेत नक्कली बनाएर किर्ते गरेका छन् । त्यस्तै नापी कार्यालय काभ्रेको पनि छाप र दस्तखत किर्ते गरेका छन् । पक्राउ परेकाहरुलाई सरकारी छाप दस्तखत किर्ते सहित ठगि अभियोगमा मुद्दा दर्ता गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाममा रहेका जग्गाहरुमा दशक अघि गिरोहले आँखा गाडेको थियो । विदेशमा हुने नागरिकको नाममा रहेको जग्गालाई आफ्नो बनाई पास गर्ने गिरोह पक्राउ परे सँगै काभ्रेमा गिरोह कमजोर भएको थियो । सरकारले जग्गा खरिद विक्रीमा कडाई गरे सँगै गिरोह सक्रिय भएको छ । कास्की, काठमाडौ लगायतका जिल्लामा ठगी गरिसकेका रवि रेग्मी काभ्रेमा आएर फेरी ठगी कार्यमा सक्रिय भएको हो । भु–माफियाको चंगुलमा नफस्न नागरिकहरु सचेत हुनुको विकल्प छैन ।