मंसिर १० देखि–१२ गतेसम्म चितवनमा हुन गइरहेको नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनलाई य्गिन महाधिबेशनको संज्ञा दिईएको छ। एमालेले महाधिबेशनलाई भब्य, सभ्य र ब्यवस्थित बनाउँदै महाधिबेशनका बारेमा सूचना सार्वजनिक गर्न प्रचार समितिको तर्फबाट ई–नवयुग समाचार बुलेटिन प्रकाशन गरिरहेको छ। एमालेले पार्टी स्थापनाको ७२ वर्षमा १० वटा महाधिबेशन सम्पन्न गरिसकेको छ। हरेक महाधिबेशनलाई ऐतिहासिक बनाउने एमालेको अभियान यो पटक संगिन अवस्थामा झनै ऐतिहासिक हुने अपेक्षा गरिएको छ। २००६ साल बैशाख १० गते संस्थापक नेता पुष्पलालले स्थापना गरिदिएको नेकपा एमालेलाई समृद्ध, विचारको संगठक, मुलुकको नेतृत्व गर्ने नीति र विकासको संवाहकका रुपमा अगाडी बढाएको छ। पहिलो महाधिबेशन एमालेले २०१० साल माघ १० देखि २० गतेसम्म पाटन, ललितपुर र काठमाडौमा गरेको थियो। जसको महामन्त्री मनमोहन अधिकारी हुनुहुन्थ्यो। एमालेको ९ महिने शासनकालमा लोकप्रिय कार्यक्रम ल्याई सरकारबाट अपदस्त हुनु परे पनि उहाँले शुरु गरेका कैयन कार्यक्रम आज पनि समय सान्दर्भिक र लोकप्रिय छन्।
एमालेले दोश्रो महाधिबेशन २०१४ सालमा जेठ १५ देखि २५ गतेसम्म सम्पन्न गरेको थियो। जतिबेला महासचिव डा. केशरजंग रायमाझी बन्नुभयो। त्यतिबेला एमालेको महासचिव बनेका रायमाझी पछि दरबारसँग मिल्न पुग्नु भयो। कम्युनिष्ट आन्दोलनमा रायमाझी प्रकरणलाई सधै आलोचनाका रुपमा लिने गरिएको छ। कम्युनिष्ट भित्रको कलंकका रुपमा रायमाझीलाई लिने गरिएको छ। एमालेको तेश्रो महाधिबेशन २०१९ साल बैशाख ४ देखि १५ गतेसम्म सम्पन्न भएको थियो। महासचिव तुल्सीलाल अमात्य महासचिव बन्नु भएको उक्त महाधिबेशन पछि चौथो महाधिबेशन २०४६ साल भदौ ९ देखि १४ गतेमात्रै सम्पन्न भएको थियो। त्यो बीचको अवधिमा कालो पञ्चायत र पञ्चायतले पार्टीहरुलाई लगाएको प्रतिबन्धका कारण सम्भव भएन। सोहि महाधिबेशनबाट मदनकुमार भण्डारी महासचिवमा चुनिनु भएको थियो। उहाँले उत्पादन गर्नु भएको जनताको बहुदलीय जनबाद अहिले पनि मुलुक र पार्टी निर्माणमा उतिक्कै सान्दर्भिक छ। कम्युनिष्ट पार्टीका इतिहासहरुलाई संरक्षण गर्दै भण्डारीले शुरु गरेको पार्टी निर्माण र विचारको प्रतिपादनलाई आज पनि घुमाउरो ढंगबाट उतिक्कै स्मरण गरिएको छ। पाँचौ महाधिवेशन २०४९ साल माघ १४ देखि २० गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। मनमोहन अधिकारीलाई अध्यक्ष र मदनकुमार भण्डारीलाई महासचिवमा चयन गर्दै एमाले महाधिबेशन सम्पन्न भएको थियो। आज एमालेका बीचमा दुबै नेताहरु छैनन् तर उहाँहरुले छाडेको विचार सिद्धान्तले मुलुक र पार्टी अघि बढिरहेको छ।
एमालेको छैटौ महाधिबेशन २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जको बाँकेमा सम्पन्न भएको थियो। सोहि महाधिबेशनले अध्यक्ष मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाललाई चयन गरेको थियो। सातांै महाधिबेशन २०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरको धनुषामा आयोजना भएको थियो। सोहि महाधिबेशनबाट एमालेमा अध्यक्ष हटाएर महासचिव माधवकुमार नेपाललाई चयन गरिएको थियो। आठौं अधिबेशन २०६५ फागुन ५ देखि १४ गतेसम्म बुटवलमा सम्पन्न भएको थियो। अधिबेशनबाट झलनाथ खनाल अध्यक्ष र ईश्वर पोखरेल महासचिव निर्वाचित हुनु भएको थियो। नवौं अधिबेशन २०७१ साल असार १९ देखि साउन १ गतेसम्म काठमाडौमा आयोजना गरिएको थियो। अधिबेशनले केपी ओलीलाई अध्यक्षमा निर्वाचित गरिएको थियो। महासचिवमा फेरी पनि ईश्वर पोखरेल निर्वाचित हुनु भएको थियो। दशौ महाधिबेशनमा अध्यक्ष केपी ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी छ। यो बीचमा एमालेले प्रथम विधान महाधिबेशन सम्पन्न गरिसकेको छ। ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !’ भन्ने नाराका साथ आयोजना गरिएको एमाले महाधिबेशनलाई युगीन बनाउने गरी भएको तयारीले नेतृत्व सबल, सक्षम चुन्न सकोस् । महाधिबेशन सफलताको शुभकामना।





