2026 April 16/ 08:51: 29pm

    विश्वलाई आतंकित बनाईरहेको कोभिड १९ को माहामारीले पुनः दोश्रोपटक संकट निम्त्याउन थालेको छ। नेपालमा पनि संक्रमण फैलिरहँदा नागरिकहरुको लार्पवाही बढिरहेको र पहिलो पटक भएको संक्रमणमा सुरक्षा अपनाएका कारण कम ब्यक्तिको निधन भएकाले यो पटक लार्पवाहि गर्ने क्रम बढेको हो। नागरिकहरुको लार्पवाहीका कारण समुदायमा संक्रमण फैलिंदै गएको छ। संक्रमण फैलँदा समुदायमा रहेका बालबालिकाहरु र जेष्ठ नागरिकहरु प्रभावित हुन पुगेका छन्। अस्पतालमा उपचार गर्न जाने अवस्था छैन। भएका अस्पतालहरुमा बेडहरु खचाखच भरिएका छन्। भेन्टिलेटरको अभाव छ। आफै सुरक्षित भएर बस्न सकिएन भने तत्काल उपचार प्राप्त गर्ने अवस्था छैन। 
    विगतमा भन्दा यो पटक कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार गर्ने सन्र्दभमा केहि सहजता भएको छ। तर पनि पर्याप्त जनशक्ति, पुर्वाधार तथा नागरिकहरुको सचेतना हुन नसक्दा संक्रमण रोकिएको छैन। विवाहका भोजहरु चलिरहँदा संक्रमित ब्यक्तिहरु बढ्न थालेका छन्। जिल्ला संकट ब्यवस्थापन केन्द्रले स्थानीय पालिकाहरुलाई संक्रमण फैलन नदिन र नागरिकहरुको आवश्यक परिक्षण गर्न अनुरोध गरे अनुसार स्थानीय सरकार कृयाशिल भएका छन् तर विगतमा जस्तो नागरिकहरुलाई घर फर्किएर सहज छैन। पार्टी प्यालेस, खचाखच बस, बजार तथा सडकमा विना माक्स सहितका नागरिकहरुको जमघट, लगातार सरकारी कार्यालय तथा गैससहरुका कार्यक्रममा प्रशासनिक कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिताले कोभिड नियन्त्रणमा ‘कर्मकाण्डी’ तयारी छ। कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले गरेका निर्णयहरु जिल्लामा कुनै निकायले पनि कार्यान्वयन गरेका छैनन्। स्वयं संकट ब्यवस्थापन केन्द्रका सदस्यहरु पनि निर्णयको उल्लंघन गर्दै भोजभतेर तथा कार्यक्रमहरुमा सहभागी भईरहेका छन्। बसमा यात्रु खचाखच छन्। पाटी प्यालेस भरिभराउ छन्। स्थानीय सरकारहरु अघिल्लो वर्षमा जस्तो सक्रिय भएका छन्। सरकारले आईसोलेसन र क्वारेन्टाईनलाई पुनः संचालनमा ल्याउन निर्देशन दिए पनि तत्कालै खुल्ने सम्भावना नभएको जनप्रतिनिधिहरुले बताएका छन्। 
    कोभिड नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी पूर्व तयारी अझै कमजोर देखिएको छ। महामारी फैलिसकेकाले त्यसको नियन्त्रणका लागि आवश्यक सुरक्षाका उपाय तथा उपचारका लागि आईसोलेसन वार्डहरुको विस्तार गरिनु जरुरी छ। भुकम्प र भुकम्प पछि अघिल्लो वर्षबाट शुरु भएको कोरोना भाईरसलाई ख्याल ख्याल नसम्झौं।