यतिखेर राजनीतिक घटनाक्रमले मुलुक कता जान्छ ? निर्वाचन वा आन्दोलन। जे भए पनि मुलुक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका घटनाक्रममा घाईते भएकाहरुको अवस्था के छ ? राजनीतिक दलहरुले भ¥याङ्ग बनाउँदै पदमा पुगेको आरोप लाग्ने गरेको छ। माओवादीले शुरु गरेको सशस्त्र युद्धको क्रममा माओवादीबाट घाईते बनाईएका वा राज्य पक्षबाट घाईते भएकाहरुको अवस्थाका बारेमा यस अघि बनेका सरकारको ध्यानाकर्षण हुन सकेन। केपी ओली नेतृत्वको सरकारले पछिल्लो समय उपचारका लागि निःशुल्क गर्ने निर्णयले घाईतेहरुमा उर्जाको सञ्चार गरेको छ। जुन सरकार आए पनि मुलक निर्माणका लागि योगदान पु¥याउने घाईते, अपाङ्ग, अशक्त तथा शहिद परिवारका सदस्यहरुलाई सम्मान गर्नु राज्यको दायित्व हो।
सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा सर्वसाधारण, सुरक्षाकर्मी तथा विद्रोही माओवादीका थुप्रै नेता कार्यकर्ताहरुको निधन, घाईते, बेसहारा भएका छन्। अपाङ्ग भएका ब्यक्तिहरुको पीडा अलग्गै छ। दुईपटक प्रधानमन्त्री हुँदा समेत घाईते ब्यक्तिहरुको पक्षमा निर्णय गर्न नसकेका पुष्पकमल दाहालले कार्यकर्ताको संरक्षण गर्न नसकेको र घाईते, अपाङ्गहरुलाई बेवास्ता गरेको गुनासो छ। अहिले पनि पूर्व लडाकुहरुको संगठनले माओवादी पार्टीले वेवास्ता गरेका कारण जीवन धान्न गाह्रो भएको महसुस गरेका छन्। सरकारले हरेक आन्दोलनका घाईते वा अपाङ्गहरुको उपचारमा सहयोग पु¥याउँदै जीवन निर्वाहका लागि सहयोग पु¥याउनु जरुरी छ। द्वन्द्वमा मृत्यु भएकाहरुलाई सरकारले १० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। द्वन्द्वका क्रममा अन्य घटनाबाट निधन भएकाहरुले पनि द्वन्द्वकै कारण निधन भएको भन्दै गलत विवरण पेश गरी अनुदान लिएका छन्। सरकारले द्वन्द्वका क्रममा घाईते भएका ब्यक्तिहरुलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ। केपी ओली नेतृत्वको सरकारले उपचारमा निःशुल्क गर्ने निर्णय गरेको छ। थुप्रै ब्यक्तिहरु द्वन्द्वका कारण प्रभावित छन्।
जिल्लामा थुप्रै ब्यक्ति घाईते छन्। घाईतेहरुलाई मासिक ७ हजारका दरले सरकारले रकम उपलब्ध गराएको छ। द्वन्द्वका घाईतेहरु केहिले आफु अपाङ्ग भएकै कारण जीवन निर्वाहका लागि समस्या भएको भन्दै जीवन निर्वाह भत्ता पुनरावलोकनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। रोशी भिमखोरी घर भई सिन्धुपाल्चोकमा विवाह गरी गएकी सरस्वती रायमाझी, बेथान्चोक ५ च्यासिङ्गखर्कका प्रविण तामाङ, फोक्सिङ्गटार महाभारतका बुद्धिलाल ब्लोन, रोशीका खड्गराज तामाङ, खानिखोला ५ का रामबहादुर थिङ्ग, मादनकुँडारी चौरीदेउरालीका ज्ञानु तामाङ, खहरेपाँगु रोशीका चन्द्र स्याङ्गतान, गोकुले ८ महाभारतका सपना थिङ्ग, महाभारत ६ का बर्षा राना र बनेपा ९ का भोला अर्याल रहेका छन्। अर्यालले मासिक ७ हजार बृद्धि गर्न माग गरेका छन् भने अरु घाईतेहरुले थोरै मात्रै जीवन निर्वाह भत्ता प्राप्त गरेका छैनन्। सरस्वती रायमाझी २०६२ पौष २७ गते दोहोरो भिडन्तमा परी टाउको र दाहिने कानमा गोलीको छर्रा लागी घाईते भएको बताईएको छ। प्रविण तामाङ २०५८ मंसिर १० गते सल्लेरी भिडन्तमा परी घाईते भएको उल्लेख छ। खड्गराज तामाङ २०६१ पौष ११ गते नार्केमा भएको भिडन्तमा आँखा गुमेको निवेदनमा उल्लेख छ। बुद्धिलाल ब्लोनले द्वन्द्वका क्रममा खुट्टा गुमाएको बताईएको छ। रामबहादुर थिङ्ग २०५९ भदौ १७ गते सिन्धुलीको भिमान चौकी आक्रमणमा घाईते भएका छन्। यस्ता थुप्रै घाईतेहरुलाई राज्यले सहयोग गर्नु जरुरी छ। घाईतेहरुलाई सहयोग उपलब्ध गराउने विषयमा पार्टी, गुट वा दल विशेष भन्दा पनि आवश्यकताका आधारमा हुनु जरुरी छ।





