पनौती/पनौती नगरको पहिलो संस्थागत विद्यालय नवरत्न अँग्रेजी माध्यमिक विद्यालयकी रितिका हुमागाईले २०८२ सालको एसईई परिक्षामा उच्चतम् अंक ४ जिपिए ल्याई जिल्ला टप गरेकी छन् । रितिकासँगै २८ जना विद्यार्थीहरुले उच्च जिपिए अंक सहित उत्तिर्ण भएका विद्यालयका एकेडेमी प्रमुख रामचन्द्र देउजाले बताए । विद्यालयले तत्कालिन एसएलसीमा समेत पटक–पटक जिल्ला प्रथम, नगर प्रथम भई ईतिहास रच्न सफल भएको देउजाले बताए ।
विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुको अथक मेहनतका कारण उक्त परिक्षाफल प्राप्त हुन सकेको देउजाले बताए । विद्यालयले गुणस्तरीय शिक्षाका लागी कुनै कसुर बाँकी नराखी काम गर्दै आएको संस्थापक प्रिन्सिपल सुर्यप्रकाश देउजाले बताए । सबै विद्यार्थीहरु आफ्नो ठाँउमा अब्बल हुनुहुन्छ, अंकमा मात्रै पछि परेको हो, आगामी दिनमा समेत राम्रो प्रतिफल आँउछ देउजाले भने । सम्मान कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, शिक्षक÷शिक्षिका, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई सम्मान सहित सगुन प्रदान गरिएको थियो ।









