2026 May 10/ 06:05: 13pm

    श्रीखण्डपुर/श्रीखण्डपुर ५ धुलिखेलमा विद्यालयबाट फर्कँदै गरेको बस बाढीमा फसे पछि शशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । 
    लिन इन्टरनेशनल स्कुल बनेपाका विद्यार्थी पु¥याउन गएको बस बनेपा ६ रातमाटे हुँदै श्रीखण्डपुर जाँदै थियो । सोहि क्रममा निरन्तर परेको बर्षातका कारण विद्यालय बस फस्न पुग्यो । तत्कालै सुरक्षण मुद्रण प्रेसमा रहेको शशस्त्र प्रहरी बलको टोली घटनास्थल आएर फसेको बस भित्र रहेका ३० जना विद्यार्थी र ५ शिक्षकलाई उद्धार गरेको प्रहरी निरिक्षक आलोक बस्नेतले जानकारी दिए । उद्धार गरिएका विद्यार्थी र शिक्षकलाई शशस्त्र प्रहरी आफैले घर घर पु¥याएको छ ।