2026 April 15/ 11:35: 43pm

अमि लामा ९अमित० 
उम्मेदवार
काभ्रे क्षेत्र नम्वर १, नेकपा एमाले 

संगठनात्मक राजनीति र पार्टी संरचनामा गहिरो रूपमा खारिएका नेता मानिन्छन् । लामो समय संगठन निर्माण, परिचालन र व्यवस्थापनमा बिताएको अनुभव उनीसँग छ ।
    काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार अमि लामा ९अमित० संगठन, उद्यम र राजनीतिलाई सँगसँगै अघि बढाएका नेता हुन् ।
    काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत शिखरआम्बोटेमा ४४ वर्षअघि जन्मेका लामाले कक्षा १२ सम्म अध्ययन गरेका छन् । सीमित पारिवारिक स्रोत र जिम्मेवारीबीच आत्मनिर्भर बन्नुपर्ने अवस्थाले उनलाई प्रारम्भदेखि नै उद्यमशील जीवन रोज्न प्रेरित ग¥यो । बलियो संगठनात्मक पृष्ठभूमि, आत्मनिर्भर र उद्यमशील, पार्टी र नेतृत्वको उच्च विश्वास रहेका अमित लामालाई काभ्रे–१ को जटिल समीकरण, ‘हेभीवेट’ प्रतिस्पर्धीहरू, संसदीय वा शासकीय अनुभवको अभाव मुख्य चुनौती रहेको छ । अमित लामाको राजनीतिक यात्रा नेकपा एमालेको भ्रातृ संगठन युवा संघबाट सुरु भएको हो । तल्लो कमिटीबाट सक्रिय हुँदै उनी क्रमशः केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगे ।
    पार्टी भित्र वडा कमिटी, क्षेत्र, जिल्ला, प्रदेश सदस्य हुँदै केन्द्रीय सदस्यसम्म पुगेका उनी संगठनात्मक राजनीति र पार्टी संरचनामा गहिरो रूपमा खारिएका नेता मानिन्छन् । लामो समय संगठन निर्माण, परिचालन र व्यवस्थापनमा बिताएको अनुभव उनीसँग छ । जेनजी आन्दोलनपछिको असहज राजनीतिक अवस्थामा अमित लामाले पार्टीका शीर्ष नेताहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता गठन गरी त्यसको कमान्ड आफैँ सम्हालेका थिए । राजनीतिक गतिविधि बर्जित र सुरक्षा चुनौती उच्च रहेको अवस्थामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा, केन्द्रीय कमिटी बैठकको सुरक्षा तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए ।
    नेकपा एमालेको असोज २९, ३० र ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको थियो, जुन पार्टी प्यालेस उनकै लगानीमा सञ्चालित छ । राजनीतिसँगै सामाजिक र शैक्षिक क्षेत्रमा पनि उनी सक्रिय छन् । स्थानीय श्री चेतना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा काम गरिसकेका लामा शिक्षा क्षेत्रप्रति चासो राख्ने व्यक्तिका रूपमा चिनिन्छन् । साथै, गरिब, जेहेन्दार तथा असहाय व्यक्तिहरूका लागि सहयोग गर्दै आएको उनको भनाइ छ । उद्यम, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाइरहेका अमित लामा आफूलाई व्यावहारिक, आत्मनिर्भर र संगठनमा हुर्किएको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् ।