2025 April 19/ 06:51: 06am

    धुलिखेल/चुईगम देखाएर ४ बर्ष १० महिनाकी बालिकालाई २० बर्षिय युवकले जर्बजस्तिकरणी गरेका छन् । करणी गर्ने युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् । 
    रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटार स्थित एक घरमा बालिकालाई चुईगम दिन्छु भन्दै युवकले जर्बजस्तिकरणी गरेको बयान दिएका छन् । २०८१ माघ ८ गते विहान ११ बजे घरमा खेलिरहेकी बालिकालाई चुईगम दिन्छु भन्दै घर भित्र बोलाएर युवकले करणी गरेको बालिकाको फुपुले देखेकी थिईन् । बालिकालाई के गरेको भने पछि उनि फरार भएका थिए । आफन्तले प्रहरीलाई खवर गरे पछि उनी पक्राउ परे । बालिकाको स्वास्थ्य परिक्षण पछि आफन्तको जिम्मा लगाईएको छ । 
    रोशी ९ मंगलटार घर भएका २० बर्षिय योगबहादुर तामाङ भन्ने रुपबहादुर तामाङले बालिकालाई जर्बजस्तिकरणी गरेका हुन् । जिल्ला अदालतमा फागुन २७ गते दर्ता भएको अभियोगमा २८ गते शिवकुमार पोखरेल न्यायाधिशको इजलासले पुर्पक्ष पठाउने आदेश गरेको हो । युवकले बालिकालाई जर्बजस्तिकरणी गर्ने योजना केहि दिन देखि भएकाले त्यो दिन आफु सफल भएको बताएका छन् ।