
धुलिखेल/धुलिखेल अस्पताल, फलेबास, पर्वतमा २०८१ पुष महिनाबाट नवजात शिशुको श्रवण स्क्रिनिङ -Newborn Hearing Screening_ सेवा सुरू भएको छ । यो सेवा नवजात शिशुहरूमा जन्मजात श्रवण समस्याहरू पहिचान गर्न महत्वपूर्ण हुनेछ ।
उक्त परीक्षणले नवजात शिशुमा सुन्ने क्षमतासँग सम्बन्धित समस्या, कान नसुन्ने समस्या समयमै पत्ता लगाएर उपचार गर्न सहयोग गर्छ भने जसले बोल्ने, बुझ्ने र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने चिकित्सकहरुले बताएका छन् । नवजात शिशुलाई विशेष मेसिन (ल्भयलबतब िज्भबचष्लन क्अचभभलष्लन ःबअजष्लभ) द्वारा परीक्षण गरिन्छ । बच्चालाई हेडफोन वा इयरप्रोब लगाएर सानो ध्वनि पठाईन्छ र कानको प्रतिक्रिया मापन गरिन्छ । पास आयो भने बच्चाको सुनाई सामान्य मानिन्छ भने रिफर आयो भने पुनः परीक्षण वा थप उपचारको आवश्यकता हुन सक्छ ।
नवजात शिशुहरूका लागि यो सेवा सुनाइ सम्बन्धी समस्याको प्रारम्भिक चरणमै पत्ता लगाएर शीघ्र उपचार गर्न महत्वपूर्ण अवसर मानिन्छ । पर्वत तथा वरपरका जनताका लागि यो सेवा निकै लाभदायक हुने विश्वास धुलिखेल अस्पताल फलेबास पर्वतले गरेको छ । यसअघि यो सेवा धुलिखेल अस्पतालबाट शुरु भईसकेको छ । धुलिखेल अस्पतालमा जन्मेका सबै नवजात शिशुहरुको सुनाई परिक्षण गरेर मात्रै डिस्चार्ज गर्ने गरिएको छ ।
नवजात शिशुहरूलाई समयमा नै स्क्रिनिङ गराई भविश्यमा बालबालिकाहरुमा हुने समस्याबाट बचाउन अस्पतालले शुरु गरेको उक्त सेवाले बालबालिका तथा अभिभावकहरुलाई सहज बनाउने छ । जन्मँदै सेवा लिन नपाएका शिशुहरुका लागि जन्मेको ६ महिना भित्र यो परीक्षण गन उपयुक्त हुने नाक, कान, घाँटी विशेषज्ञ डा.विकास श्रेष्ठले बताए ।