सागाँ/ग्रेसल्याण्ड माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा एस.ई.ई २०८१ मा सहभागी आदित्यराज अधिकारीले ४ जि पि ए ल्याएका छन् ।
राष्ट्रिय परिक्षा बोर्डले गत असार १३ गते प्रकाशित गरेको नतिजामा अधिकारीले ३.९५ जिपिए ल्याएको प्रकाशित गरेको थियो । नतिजाको अनिवार्य विज्ञान विषयको ग्रेड चित नबुझेर उनले पुनःगणनाको लागि निवेदन दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डबाट पुनःगणना पछि विज्ञान विषयमा बि ग्रेड बाट ए प्लस ग्रेडमा ग्रेड वृद्धि भएको नतिजा प्रकाशन सँगै आदित्यले ४ जिपिए प्राप्त गरेका थिए । ग्रेस ल्याण्ड विद्यालय बाट आदित्य अधिकारी र प्रकृति दुलाल गरी २ जनाको ४ जिपिए प्राप्त गरी जिल्लाकै नाम उच्च राख्न सफल भएका छन् ।
उक्त विद्यालयका प्रधानाध्यापक सुजेन्द्र श्रेष्ठले परिक्षा वोर्डका गल्तिका कारण विद्यार्थीको नतिजामा त्रुटी भएकाले आगामी दिनमा यस्ता गल्ति नदोराउन सुझाब दिएका छन् । विद्यालयको नर्सरी देखी कक्षा १० सम्मै अध्यनरत अनुशासित, मेहनती मेधाबी छात्रा प्रकृती दुलाल र छात्र आदित्यराज अधिकारीले विद्यालय सँगै जिल्लाको नाम राख्न सफल भएकोमा दुुबै जनालाई बधाई दिएका थिए । विद्यालयकै अनुशासित र मेहनती छात्रा र छात्र, शिक्षक, अभिभावकको मेहनतले नै उक्त नतिजा प्राप्त गर्न सफल भएको श्रेष्ठले बताए । विद्यालयमा २०८१ को परिक्षमा २ जना ४ जिपिए सहित शतप्रतिशत उत्तिर्ण भएकोमा प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले बधाई दिएका थिए । आगामी शैक्षिक सत्रमा समेत उत्कृष्ट नतिजा ल्याउन लागीरहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।









