2026 June 25/ 09:44: 47pm

        बेथान्चोक/बेथानचोक गाउँपालिकालाई सडक बालबालिकामुक्त पालिका घोषणा गरिएको छ । 
पालिकाको ६ वटै वडाको वडा समितिको निर्णय अनुसार वडाको क्षेत्र भित्रको गाउँटोल, समुदाय–बस्ती, गल्ली, मन्दिर परिसर, सडक वा कुनै        पनि स्थानमा वेवारिसे अवस्थामा सडकमा बस्ने बालबालिका नभेटिएको वा नदेखिएको वा फेला नपरेको कारण सडक बालबालिका मुक्त वडा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 
         जिल्ला समन्वय प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सडक बालबालिकामुक्त घोषणा गरिएका ६ ओटै वडाका जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले महिला तथा बालबालिकाको क्षेत्रमा गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको र उनीहरुको हक अधिकार कार्यान्वयन गर्न जिम्मेवार ढंगले कार्य गरेको बताईन् । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।