बनेपा/बनेपामा रहेको महिला सरोकार समुहको ५ औ बार्षिकोत्सव तथा साधारण सभा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यता तथा अध्यक्ष शोभा नकर्मीको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुख सापकोटाले महिलाहरुको नेतृत्व विकासँगै सहभागिता र सक्रियता आवश्यक रहेको बताईन् । महिला सरोकार समुहले महिलासँग सरोकार राख्ने थुप्रै विषयमा सचेतना, वकालत र पैरवी गर्नु पर्ने बताउँदै सिप, क्षमता र सक्षमता बृद्धीका लागि संस्थाले महत्वपूर्ण कार्य गर्न स्थानीय सरकार साझेदार बन्ने नगर उपप्रमुख सापकोटाले बताईन् । सभाबाट संस्थापक अध्यक्ष शारदा भैल घिमिरेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा अम्बिका गिरी, सचिव कालिका त्रिपाठी पन्त, सह–सचिव सरु जोशी, कोषाध्यक्ष नारायणी थापा र सदस्यहरुमा साईना भैल र निर्मला थापा रहेका छन् । सभामा सल्लाहकार इन्द्रनारायण भैल, मोतिराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा रोटरी क्लव, महिला उद्यमी मञ्च तथा विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाले बर्षभरी गरेका गतिविधिहरु र आगामी कार्यक्रमका बारेमा अध्यक्ष शोभा नकर्मीले जानकारी दिएकी थिईन् । सहयोगी संघ संस्था तथा प्रतिनिधिहरुलाई सोहि अवसरमा सम्मान पत्र प्रदान गरिएको थियो ।









