2026 June 26/ 07:11: 46am

          बनेपा/विश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा, नाला, कुशादेवी, पाँचखाल, सिपाघाट इकाईहरु, शाखा र पतञ्जली योग समिति काभ्रे शाखाको संयुक्त आयोजनामा सप्ताहव्यापी विश्व मुटु दिवसका कार्यक्रमहरु संचालन भएका छन् । 
मुटुरोग लाग्न नदिन र लागेमा यसको रोकथाम र उपचार गर्ने बारे विज्ञहरु बीच काम गरौँ, मुटुलाइ माया गरौ “ग्कभ जभबचत ायच बअतष्यल“  भन्ने विश्व मुटु दिवसको नाराका साथ विभिन्न अन्तक्र्रिया, योगाभ्यास तथा जनचेतना र्याली, जिल्ला व्यापी कक्षा १२ का विद्यार्थीहरु बीच निबन्ध लेखन प्रतियोगिता लगायतका विविध साप्ताहिक कार्यक्रमहरु सञ्चालन भएका थिए । कार्यक्रम समापन गत आइतबार पतंजली योग भवन बनेपामा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको अध्यक्ष टीकाभक्त भोछिभोयाको सभापतित्वमा समापन गरिएको छ । 
समापन कार्यक्रमको प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य रहेका थिए ।

           कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय सदस्य तथा काभ्रे शाखाका निवर्तमान सभापति अशोक कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष तथा नेपाल पंंत्तजली योग समिति बाग्मती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, उपसभापति सिद्धिबहादुर कर्माचार्य, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, सह–कोषाध्यक्ष तथा पतंजली बागमती प्रदेशका सल्लाहकार सरिता शाक्य, पतंजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष इन्दिरा तौजले, निबर्तमान अध्यक्ष अनु श्रेष्ठ, धुलिखेल अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा.राजेन्द्र कोजू, बाथ मुटुरोग बाल रोग बिशेषज्ञ डा.अरुण गुप्ता, लायन्स क्लब अफ काभ्रेका अध्यक्ष इश्वर महाजु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव हरिशरण श्रेष्ठले सञ्चालन गरेका थिए ।