धुलिखेल/धुलिखेल समाज काठमाडौं, महिला समितिको सक्रियतामा हरिसिद्धि क्यान्सर अस्पतालका विशेषज्ञ डाक्टरहरुको समुहद्वारा महिलाहरुमा हुने स्तन तथा पाठेघर क्यान्सरको निःशुल्क परिक्षण तथा परामर्श गरिएको छ ।
काठमाडौमा रहेका घुलिखेल समाजका सदस्यहरु तथा बुद्धनगर क्षेत्रका स्थानीय महिलाहरुलाई उक्त सेवा प्रदान गरिएको थियो । अस्पताल पुगेर परिक्षण गर्दा समय, खर्च तथा रोग नलागी अस्पताल नै नपुग्ने अवस्थाको शिविरका कारण अन्त्य भएको सहभागिहरुले बताए । हरेक ब्यक्तिमा हुन सक्ने उक्त रोग लाग्नै नदिन वा लागेको शंका लागेमा समयमा नै उपचार गराए निको हुन्छ भन्ने सन्देश दिन शिविर प्रभावकारी भएको सहभागिहरुले बताए ।









