बनेपा/उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तथा बनेपा डाइगोनोष्टिक सेन्टर (सिडब्लुसी) बनेपा चारदोबाटको प्राबिधिक सहयोगमा संस्थाका पुरुष शेयर सदस्यहरुको प्रोस्टेटको चेक जांँच सम्बन्धी निःशुल्क स्वास्थ्य सम्पन्न गरिएको छ ।
२०८१ जेष्ठ १८, १९ र २० गते संचालन भएको उक्त शिबिरमा ९० जना शेयर सदस्यहरुलाई युरोलोजिष्ट डाक्टर राजन कोजूँले परिक्षण गराएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष लगायत संचालक समितिका सदस्यहरु र संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाको उपस्थिती थियो । कार्यक्रम संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत नियमित गर्दै जाने अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेले बताए ।
रणनीतिक योजना कार्यशाला
२०८१ साल जेष्ठ २६ गते उग्रतारा सहकारी संस्थाका संचालक समिति, सल्लाहकारहरु, लेखा सुपरीबेक्षण समिति, अन्य उपसमितिहरुका पदाधिकारीहरु तथा कर्मचारीहरु समेत गरी २८ जनाको सहभागितामा संस्थाको तीन बर्षीय रणनीतिक योजना कार्यशाला गोष्ठी संचालन गरिएको छ । कार्यक्रमको सहजीकरण प्रशिक्षक ज्ञानमणी न्यौपानेले गरेका थिए ।









