2026 June 26/ 04:51: 55pm

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डरगार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । 
कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष  सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाइ, वैज्ञानिक र बालमैत्री ढंगले सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत अझै सशक्त र सबल हँुदै विश्वास व्यक्त गरेका थिए । बैद्यले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना कामना ब्यक्त गरेका थिए । कार्यक्रममा  प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए  । निर्देशक वैद्यले प्रतिष्ठानले बालमैत्री वतावरणमा बाल मनोपरामर्शदाताहरु सहितको उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०८१ मा पनि  विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकास, सम्बन्ध निमार्ण, भावनात्मक व्यवहार, लगायत पढाइसँग सम्बन्धित युग सुहाँउदो थप कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए  । 
‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीवनशैलीसँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दे नैतिक, व्यावहारिक शिक्षाका लागि ज्ञानकुञ्ज सदैव लागि रहने बैधले बताए । शिक्षाको अवधारणमा किताबी ज्ञानले मात्र पूर्णता नहुने निष्कर्ष निकाल्दै सबै शैक्षिक संस्थाहरुले किताबी ज्ञानका साथसाथै जीवन उपयोगी शिक्षामा पनि जोड दिनुपर्ने आवश्यकता रहेको बैद्यले बताए । 
शैक्षिक सत्र २०८१ देखि विद्यार्थीहरुलाई किताबी ज्ञानको साथ साथै जीवन उपयोगी शिक्षाको लागि मौसम अनुसारको तरकारी बाली तथा कृषि सम्बन्धी शिक्षा (कौसी खेती), दैनिक दिनचर्यामा आवश्यकीय शिक्षा अन्तर्गत कुकिङ्ग, सिलाइ बुनाई, विभिन्न किसिमको अचार, गुन्दु्रक, मस्यौरा तथा विभिन्न सिजनमा उत्पादन बढी हुने फललाई स्टोरेज तथा ड्राइ गरी अफ सिजनमा प्रयोग गर्न मिल्ने शिक्षा प्रदान गरी विद्यार्थी जीवनबाट नै उद्यमी, व्यवसायी तथा आ–आफ्ना समयको सही सदुपयोग देखि, विभिन्न किसिमको वचत तथा मितव्ययिता के हो ?भन्ने शिक्षा प्रदान गर्ने बैधले बताए  । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख नवराज चौलागाई, सहायक प्रिन्सिपल रत्नराज खतिवडा, अभिभावक, शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ५७ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।