2026 June 26/ 07:54: 57pm

विकास तिमल्सिना
पनौती

    पनौती नगरपालिकामा रहेका १२ वटा वडा मध्ये आठ वटा वडालाई बालश्रम मुक्त घोषणा गरिएको छ । हिजो बुधबार फागुन ३० गते पनौती वडा नम्वर १ र १० मा बालश्रम मुक्त घोषणा गरिएको छ भने फागुन २७ गते वडा नम्वर ३ लाई बालश्रम मुक्त घोषणा गरिएको थियो । 
    त्यस अघि एकैदिन विहिबार पनौती २ र ६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । वडा नम्वर ११, ८ र ५ लाई यसअघि नै बालश्रम मुक्त वडा घोषणा गरि सकिएको छ  । बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिका सम्वन्धी ऐन २०६८ ले ३९ वटा सुचक पुरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख थियो । पनौती नगरपालिकाले चालु आर्थिक वर्ष भित्रै सबै वडालाई बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ । वडा नम्बर ४, ७ र ९ मा श्रममा भएका केहि बालबालिकाहरुलाई पुनस्र्थापनाको तयारी गरिएको बालबालिका हेर्ने शाखा अधिकृत केशव बञ्जाराले बताए । वडा नम्वर ६ मा चैत्र २ गते बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम तय भएको छ । बालश्रम मुक्त गर्ने अभियानमा जुटेको पनौती नगरपालिकाले असार मसान्तसम्म श्रममा भएका सबै बालबालिकाहरुलाई पुर्नस्थापनाको योजना बनाएको बन्जाराले बताए । 
    जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै बालबालिकाहरु श्रममा छन् । पनौतीलाई बालश्रम मुक्त गरिरहँदा त्यहाँ कार्यरत बालबालिकाहरु छिमेकी पालिकामा आउन सक्ने तथा छिमेकी पालिकाहरुबाट पनौतीमा बालश्रम मुक्त घोषणा भए पछि पनि जान सक्ने भएकाले छिमेकी पालिका र जिल्लाबाट नै बालश्रम मुक्त गर्न समन्वय बैठकको तयारी गरिएको शाखा प्रमुख बन्जाराले बताए । पनौती २ र ६ लाई बालश्रम मुक्त घोषणा कार्यक्रममा नगर प्रमुुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीले वडा भित्र बालबालिकाहरुलाई श्रममा नलगाउन, लगाएको भए खबर गर्न र बालबालिकाहरुलाई नियमित विद्यालय पठाउन आग्रह गरे । 
    पनौती २ र ६ लाई बालश्रम मुक्त घोषणा कार्यक्रममा नगर प्रमुुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीले बालश्रम मुक्त घोषणा पुर्व भएका गतिविधीहरु, तयारी तथा प्रतिबद्धताका बारेमा बताएका थिए । साविक कुशादेवी गाविसका वडा नम्वर ४,५,६,७,८ नम्वर वडा मिलेर पनौती २ घोषणा गरिएको थियो । उक्त वडामा ४ हजार ७ सय ६३ जनसंख्या रहेको छ । ५ वर्ष मुनि २ सय ५६, ५–१२ वर्षसम्मका ४ सय ६० र १३–१८ सम्मका ३ सय ६३ जना छन् । ८ सय ५४ घर घुरीबाट १४ वटा बाल समुह गठन गरी १ सय ३० जना बालबालिकाहरु उक्त समुहमा सक्रिय छन् । 
    पनौती ६ मा वडा अध्यक्ष भिमप्रसाद आचार्यले वडामा भएका समग्र बस्तु स्थितीका बारेमा जानकारी गराउँदै बालश्रम मुक्त घोषणा गरिएको बताए । ‘वडामा कसैले बालश्रम प्रयोग गरेमा वा बालबालिकाहरुलाई जर्बजस्ति श्रममा लगाएमा तत्काल खबर गर्नु हुन अनुरोध गर्दछु’–अध्यक्ष आचार्यले भने–‘बालबालिकाहरुलाई श्रममा हैन विद्यालय पठाउँ । श्रम गर्न सक्ने खालका बालिकाहरुलाई कानुनले तोकिए अनुसारको जिम्मेवारी दिउँ ।’