2026 June 26/ 07:53: 05pm

बनेपा/शिवरात्रीको अवसरमा पतंजलि योग समिती काभ्रे, महिला समिती र युवा समितीको संयुक्त आयोजनामा चण्डेश्वरी मन्दिर बनेपाको प्राङ्गनमा बिहान ६ः०० बजे देखी बेलुकी ६ः०० बजेसम्म १२ घण्टा अनवरत रुपमा गायत्रीमन्त्रका साथ यज्ञहोम सम्पन्न गरेको छ । 
कार्यक्रमको पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले शुभारम्भ गरेका थिए । यज्ञ होममा दर्शनार्थीहरुले सो गायत्री मन्त्र र यज्ञहोममा सहभागिता जनाईएका थिए । कार्यक्रममा पतंजली योग समिती बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ लगायत पदाधिकारीहरु र योग साधक साधिका लगायतको सहभागिता रहेको  थियो । कार्यक्रममा धन्यवाद ज्ञापन पतंजली योग समिती काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रमका संयोजक सुन्दर प्रसाद कारन्जित रहेका थिए । 
त्यसैगरी पतंजलि योग समिती काभ्रेको आयोजनामा मण्डन देउपुर नगरपालिकाको बडा नं. ६ स्थित सिपाघाटमा वृहत योग शिविरको आयोजना गरिएको छ । शिविरको पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र वडा नं. ६ का वडाध्यक्ष कुमार ढकालले संयुक्त रुपमा  उद्घाटन गरेका थिए । दैनिक योग संचालनको लागी स्थानिय राजन डोटेलको संयोजकत्वमा ईन्द्रेश्वर योग साधना केन्द्रको गठन भएको छ । कार्यक्रममा पतंजलि योग समिती काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्थ, संगठन मन्त्री श्यामकुमार श्रेष्ठ, महिला समितीका अध्यक्ष अनु श्रेष्ठ र मन्त्री लक्ष्मी उलकक लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा ३ दिने शिविर पश्चात् १२ दिने उप–योग शिक्षक प्रशिक्षण शुरु हुने बताईएको थियो ।