2026 June 26/ 09:50: 48pm

          बनेपा/बनेपा प्याब्सनको आयोजनामा र रिडमोर पब्लिकेसनको सहकार्यमा पाठ्यक्रम र गणित विषयको आन्तरिक मूल्याङ्कन विषयमा १ दिने कार्यशाला  गोष्ठि सम्पन्न गरेको छ । 
         उक्त कार्यशाला गोष्ठिमा संस्थागत विद्यालय अन्र्तगत ५५ वटा विद्यालयका गणित विषयका ९० जना शिक्षक सहभागी रहेका थिए । गोष्ठिमा गणित पुस्तकका लेखक डिआर सिम्खडाले गणित विषयलाई कसरी सहज रुपमा सिकाउने भन्ने विषयमा विभिन्न मुलुकमा प्रचलनमा रहेको विधि नेपालमा लागु गर्ने अभियान सञ्चालन गरिएको बताए । विद्यार्थीहरुले कसरी सहज तरिकाले सिक्न सक्छन् त्यसरी सिकाई पद्धतीमा जानुपर्ने बताएका थिए । कार्यशालाको प्रमुख अतिथी जिल्ला प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेलले गरेका थिए । भुजेलले प्याब्सनले समय समयमा विषयगत शिक्षकहरुलाई शैक्षिक तालिमहरु प्रदान गरी विद्यार्थीहरुलाई सिकाईमा सहज बनाउदै आएको बताए । 
कार्यक्रममा प्याब्सनका उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष बसन्तराज नेपाल, पनौती प्याब्सनका अध्यक्ष विमल न्यौपाने, पाँचखाल प्याब्सनका अध्यक्ष डिविएडी, धुलिखेलका अध्यक्ष मुक्तिनाथ रिजाल लगायतको उपस्थिती रहेको थियो । जिल्ला प्याब्सनका सदस्य तथा बनेपा प्याब्सनका उपाध्यक्ष महेन्द्र विष्टको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।