2026 June 26/ 11:29: 17pm

बनेपा/नेपाल केनशिनकान कराँते डोजोको आफ्नै ट्रष्ट निर्माण हुने भएको छ । लामो समयसम्म भाडाको घरबाट सञ्चालन हुदै आएको खेलहरु अब आफ्नै ट्रष्टबाट सञ्चालन हुने काभ्रे ब्रान्च चिफ रहदेब पोटेले बताए । ट्रष्टको शिल्यान्यास बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले गरेका छन् । अधिकारीले लामो समय सम्म अन्यत्रबाट सञ्चालन गर्दे आएको कराते खेलहरु अब आफ्नै ट्रष्ट बाट गर्न लागेकोमा धन्यबाद दिएका थिए । उक्त ट्रष्टलाई समयमा नै सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गर्दे अधिकारीले वडाबाट गर्न सकिने सहयोग र समन्वय गर्न तयार रहेको बताए । बनेपा ५ मा रहेको खेल मैदान सगै उक्त ट्रष्ट निमार्णमा तत्काल वडाबाट आर्थिक सहयोग गर्न नसकिए पनि आगामी दिनमा खेलाडीहरुको हितमा सहयोग गर्ने बताए । ट्रष्ट निमार्णमा लागी हाल समिमितिले विभिन्न सघं सस्थाको आर्थिक सहयोग बाट निमार्ण हुन लागेको ब्रान्च चिफ रहदेब पोटेले बताए । शिल्यान्यस कार्यक्रममा डोजो चिफ तुलसीराम श्रेष्ठ, नेपाल केनशिनकान कराते डोजोका अध्यक्ष कपील देव थापा, उपाध्यक्ष हगिोपाल मानन्धर, सचिब राज् केसी, कोषाध्यक्ष सुदिप राज पाण्डे, सदस्यहरु दिपु अधिकारी, शुरेस श्रेष्ठ, गोविन्द बुढाथोकी, विरस मानन्धर, समपर्ण तिमल्सिना, मृदुल तिमल्सिना, तथा खेलाडिहरुको उपस्थिति रहेको थियो । डोजोमा हाल १ सय जना भन्दा बढी खेलाडी खेली रहेको जनाएको थियो ।