2026 June 27/ 05:54: 03pm

संगठनलाई कृयाशिल बनाउन कार्यकर्ताहरुलाई निर्देशन
    धुलिखेल/नेकपा एमाले काभ्रेपलाञ्चोकले दशौ जिल्ला अधिबेशन पछिको पहिलो प्रतिनिधि परिषद् बैठक धुलिखेलमा सम्पन्न गरेको छ । पार्टी उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले बैठकको उद्घाटन गर्नु भयो । 
    जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा शुरु भएको बैठकमा १ सय ३५ वटा वडा, १३ वटा पालिका कमिटी, जनवर्गिय संगठन तथा जिल्ला कमिटी र आमन्त्रित सहित १ हजार ४ सय ५६ प्रतिनिधिहरु सहभागि थिए । जिल्लामै पहिलो र ऐतिहासिक रुपमा अधिबेशन आयोजना गरेको एमालेले त्यस पछि भएका समग्र कामको समिक्ष र आगामी योजनाका सन्र्दभमा छलफल गर्न परिषद् बैठक आयोजना गरेको अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । 
    एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकार राष्ट्र र जनताको हित र उन्नती तथा प्रगति विरुद्ध भएको बताउनु भएको छ । ‘निर्वाचन कार्यालय खारेज गरेर संविधान विरुद्ध लोकतन्त्रको खिल्ली उडाएको छ’–पौडेलले भन्नुभयो–‘भारत भ्रमणमा दृश्य अदृश्य सहमति गरेर फर्किनु भएका प्रधानमन्त्री पुस्पकमल दाहालले नेपालका जिल्ला राखेर प्रकाशन गरिएको नक्साका बारेमा चुँ समेत गर्न सक्नु भएन । अझै नेपालको जमिन सट्टापट्टा गर्न सकिने घोषणा गर्नु भयो ।’ गठवन्धन सरकारले विकास, सुशासन र प्रगति उन्मुख नागरिकहरुलाई गराउन नसक्ने बताउँदै एमाले नेतृत्वको सरकारले जस्तो दुरदर्शी काम गर्न नसक्ने पुर्व उपप्रधानमन्त्री पौडेलले बताउनु भयो । एमाले नेतृत्वको केपी ओली सरकारले साढे ३ वर्षको अवधीमा सरकार चलाउँदा विकासको नयाँ मानक स्थापना गरेको बताउँदै मन्त्री पौडेलले त्यतिबेला गरिएको आर्थिक बृद्धीदर गठवन्धन सरकारले भेट्टाउन नसक्ने बताउनु भयो । 
    कार्यक्रममा केन्द्रिय अनुसशान आयोगका अध्यक्ष केशव बडाल, नेकपा एमालेका पोलिटब्युरो सदस्यद्धय गोकुल बास्कोटा र कृष्ण राई, केन्द्रिय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरु तथा अन्य प्रतिनिधिहरुले एमालेले विगतका कामको समिक्षा गर्दै आगामी योजनाका बारेमा शशक्त गतिविधिहरु संचालन गर्नु पर्ने बताएका थिए । परिषद्मा एमाले काभ्रेले अधिबेशन पछि गरेका गतिविधिहरु, पार्टीको सगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल तथा विभागिय प्रमुखहरुले कमिटीले गरेका गतिविधिहरुलाई प्रतिनिधि परिषद्मा प्रस्तुत गरे पछि सहभागिहरुले दिएको सुझावज सहित प्रतिवेदन पास भएको थियो । पार्टीेको विधान अनुसार अधिबेशन गरेको एक वर्ष पछि प्रतिनिधि परिषद् बैठक गर्ने ब्यवस्था अनुसार परिषद बैठक आयोजना गरिएको उप सचिव रिता ढकालले बताउनु भयो । यो अवधीमा एमालेले गरेका गतिविधिहरु, स्थानीय तथा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तथा जनवर्गिय संगठन र स्वतन्त्र विद्यार्थी युनियनमा पार्टीले खेलेको भूमिका लगायतका विषयमा समिक्षा गरिएको थियो । 
शहिद परिवार र जेष्ठ सदस्य सम्मानित
    नेकपा एमाले काभ्रेले परिषद्को अवसर पारी पार्टीका शहिद परिवारका सदस्य र जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । केन्द्रिय अनुसशान आयोगका अध्यक्ष केशव बडाल, जेष्ठ सदस्यहरु बेथान्चोकका गंगाप्रसाद सापकोटा, मण्डन देउपुरका घननाथ तिवारी, बनेपाका सानुभाई विष्ट, पाँचखालका बलराम खड्का, पनौतीका सत्यनारायण कर्माचार्य, भुम्लुका मिनबहादुर खत्री, तेमालका केशव कोईराला, खानीखोलाका दलसुर मोक्तान, धुलिखेलका रामबहादुर थापा, रोशीका जयमान लामा, नमोबुद्धका एककुमारी भुर्तेल, महाभारतका सुरथ सिं लामा र चौरीदेउरालीका सानु जितबहादुर गौतमलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ भने शहिद परिवार सदस्य बलराम सापकोटा पत्नि सरिता सापकोटा, कृष्णप्रसाद सापकोटाकी पत्नि मिना सापकोटा, सिंहबिर तामाङका छोरा विरेन्द्रविर थिङ्ग र श्रीहरी कुँवरका परिवारका सम्मान गरिएको थियो ।