2026 June 28/ 03:05: 20am

    ताल्ढुंगा/खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व २८५९ औँ तावर ल्हो (विरालो वर्ग)को सोनाम ल्होछारका लागि तीन दिन विदा दिने निर्णय गरेको छ । विदासँगै गाउँपालिकाले ल्होछार मनाउन उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरी विविध कार्यक्रमको तयारी गरेको छ । 
    गाउँपालिकाले ताम्बा र ह्वाईखा (कविता) प्रतियोगीतासँगै ‘खानीखोला प्रतिभा सम्मान कार्यक्रम’ गरी ल्होछार मनाउने निर्णय गरेको अध्यक्ष इन्द्रबहादुर थिङ्गले जानकारी दिनुभयो । गाउँपालिकाले उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मुल आयोजक समिति समेत गठन गरेको छ । बैठकले माघको ७, ८ र ९ गते गरी तीन दिन ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको छ ।