2024 April 26/ 04:39: 21pm

    पाँचखाल/पांचखालको पुरानो विद्या मन्दिर सर्वमंगला मा.वि.मा विगत २०२९ सालदेखि एस.एल.सि. दिएका तथा २००६ सालदेखि अध्ययन गरेका विद्यार्थीहरुको पुनर्मिलन समारोह सम्पन्न भएको छ ।
    विद्यालय स्थापना देखि हालसम्म अध्ययन गर्ने सर्बमंगला पुर्व विद्यार्थी पुर्नमिलन समारोह सम्पन्न भएको छ । कार्यक्रमको संयोजक रविन्द्र सिपखानको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सभासद लक्ष्मण लम्साल, जग्गादाताहरु, पुर्व विद्यार्थी तथा सचिव जनार्जन नेपाल, रेडियोलोजिष्ट सुधार अधिकारी, सहित पुर्व शिक्षक दामोदर अधिकारी, शंकर काफ्ले, सहित नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेल, कुमार लामिछाने सहितको पुर्व विद्यार्थीहरुको राष्ट्रिय पहिचान तथा गौरवको व्यक्तित्वहरुको उपस्थितीमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण गायक तथा संगितकार पुर्व विद्यार्थी तथा सास्कृतिक उपसमितिका संयोजक रामहरी न्यौपानेद्धारा सहजिकरण गरिएको थियो । 
    पुर्व विद्यार्थी पुनर्मिलन समारोहको आतिथ्यता गरेको प्रअ छत्रपति इसरले यस विद्यालयको पुर्व विद्यार्थी पुर्नमिलन समारोह गर्नुको आवश्यक्ता महत्व र यसबाट विद्यालयको समुन्नत मार्गदर्शनको लागी लक्ष्य निर्धारण गर्ने उदेश्य साथ विगत देखि हालसम्म विद्यालयबाट ज्ञानको ज्योति पाएका विद्यार्थीहरुलाई पुनः विद्यालयको लागी माया ममताका साथै नजिक ल्याउने कार्य रहेको बताए । पुर्व विद्यार्थी पुर्नमिलन  समारोह तदर्थ समिति मार्फत गरिएको कार्यक्रम मार्फत विद्यायन समितिले तयार गरेको बिधान अनुसार अध्यक्ष रविन्द्र सिपखान, उपाध्यक्ष विदुर ढुंगाना, सचिव नविन प्रकास निरौला, कोषाध्यक्ष केदार लुईटेल, सहसचिव मन्दिरा लुईटेल सहित सदस्यहरु प्रकास तिमल्सिना, अप्सरा ढुंगाना सिपखान, रामहरी न्यौपाने, सुन्दर अधिकारी, महेश अधिकारी, प्रकृति बोलखे, सन्तोष दाहाल, हरेराम खतिवडा, हिरालाल घिमिरे तथा ईन्दिरा बन्जरा धिमाल रहेको समिति चयन गरिएको छ ।