2024 April 19/ 02:09: 37pm

पनौतीमा अरुण कर्माचार्य
    पनौती/नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) पनौतीको प्रथम नगर अधिबेशन पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    केन्द्रिय सचिव भिमसेन केसीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा बोल्दै उपप्रमुख बञ्जाराले नगर भित्रको शिक्षा नीतिलाई फराकिलो बनाउँदै शिक्षालाई गुणस्तरीय बनाउन सबै पक्ष लाग्नु पर्ने बताईन् । कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य हिरा शर्मा नेपाल, पब्लिक क्याम्पस संघकी केन्द्रिय सदस्य तथा तेजगंगा बहुमुखी क्याम्पसकी संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठ, शिक्षक महासंघ पनौतीका अध्यक्ष उद्धव बोलखे, पनौती नगरपालिका प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, पनौती नगरपालिका शिक्षा विभाग प्रमुख महेश्वर जंगम लगायतले पनौती क्षेत्रको शिक्षाका लागि सबै पक्ष एक हुनु पर्ने बताएका थिए । 
    २०६४ सालमा संस्थापक संयोजक अरुणोदय माविका प्रिन्सिपल केदार आचार्य रहेर शुरु भएको प्याब्सो अहिले प्याब्सनमा परिणत भएको छ । २० वटा विद्यालय रहेको पनौती प्याब्सोका संयोजक अरुण कर्माचार्यले पनौतीका विद्यालयहरुमा ८ हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेको तथ्याङ्क प्रस्तुत गरे । ६ सय भन्दा धेरै शिक्षक कर्मचारी कार्यरत रहेको नीजि विद्यालयमा डेड अर्ब लगानी भएको छ । २०६२ सालमा काभ्रे ई मावी पनौतीले बोर्ड प्रथम ल्याएको पनौतीको इतिहास २०४० सालमा सुर्याेदय आवासिय मावी स्थापना भई नीजि विद्यालयको शुरुवात भएको थियो । अधिबेशनले अरुण कर्माचार्यको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । कर्माचार्य सरस्वती कुञ्ज बोर्डिङ्गका प्रिन्सिपल हुन् । 
    त्यस्तै सचिव न्यू राईजिङ्ग बोर्डिङ्ग स्कुल रयालेका प्रिन्सिपल कुलप्रसाद सापकोटा रहेका छन् भने कोषाध्यक्ष गरिमा स्कुल ख्याकुका भक्त महत रहेका छन् । पनौतीको कुशादेवीमा २०४५ सालमा लालिगुराँस स्कुल दोश्रो नीजि विद्यालयका रुपमा स्थापना भएको थियो । नवरत्न, सिद्धार्थ बनस्थली, मल्पि, सामुदायिक अरुणोदय लगायतका विद्यालयहरु निरन्तर खुलिरहेका थिए । सदस्यहरुमा क्रमश राजु तण्डुकार, रमेश राजलवट, रेश्मा थापा, श्यामहरी सापकोटा निर्वाचित भएका छन् । 

बनेपा प्याब्सनमा कुमार मानन्धर
    वनेपा नगरपालिकामा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को एक भेलाले कुमार मानन्धरको अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिको गठन गरेको छ । 
    सचिव शरणकुमार मानन्धर, कोषाध्यक्ष भुपाल देवान, सदस्यहरुमा महेन्द्र विष्ट, रत्नकुश रन्जित, सरस्वती भुर्तेल, जेन बादे सर्वसम्मतले निर्वाचित भएका छन् । वनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादे, प्याब्सन केन्द्रीय सचिव भिमसेन के. सी., प्याब्सन केन्द्रिय सचिवलय सदस्य हिरा शर्मा नेपाल, उपाध्यक्षद्वय पुर्णकुमार श्रेष्ठ र सरोज न्यौपाने, प्याब्सन पनौति नगरका अध्यक्ष अरुण कर्माचार्य, प्याब्सन पाँचखाल नगरका अध्यक्ष डि. वि. एडी लगायतको सहभागिता रहेको थियो । प्रथम नगर अधिवेशनमा प्रमुख अतिथि नगर प्रमुख लक्ष्मि नरसिंह बादेले नगर भित्र सञ्चालनमा रहेका निजि विद्यालयहरु नगर कै गहना भएको र निजी विद्यालयले अनुशासित अनुशासनमा राखेर काम गरेको अवस्थामा नगरपालिकाले निजी विद्यालयलाई सदैव साथ र सहयोग गर्ने बताएका छन् । साथै नव निर्वाचित वनेपा नगर प्याब्सन कार्य समितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । वनेपामा सम्पन्न उक्त अधिवेशन प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव महेन्द्र थिङले गरेका थिए ।