2024 April 26/ 02:09: 05pm

    बनेपा/ओम शान्ति बहुउदेश्यीय सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभा काभ्रे पलाञ्चोक जिल्ला बहुदेश्यीय सहकारी सघं लि.का अध्यक्ष विधान जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    सभाको बन्द सत्रले पुनः ईश्वरलाल श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा किशोर बरुण, सचिब सुनिल थापा, कोषाध्यक्ष निरजकुमार श्रेष्ठ, सह–सचिब किशोर अधिकारी रहेका छन् । त्यसै गरी सदस्यहरुमा गीता थापा, मनोज सापकोटा, मनोज श्रेष्ठ र सुकदेव अधिकारी रहेका छन् भने लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा कुवेर सापकोटा तथा सदस्यमा हरिकृष्ण श्रेष्ठ र छबिन्द्र चौलागाई रहेका छन् । 
    सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जोशीले बहुदेश्यीय सहकारीहरुले समाजमा रोजगारी सिर्जना गरी आर्थिक हैसियत बढाउन टेवा पु¥याउने विश्वास रहेको वताए । समाजमा आर्थिक तथा सामाजिक रुपान्तरण गरी देशको विकासमा समेत सहकारीहरुले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सल्लाहाकार शर्मिला मल्ली, स्वर्ण लक्ष्मी साकोसका उपाध्यक्ष विकास श्रेष्ठ लगायतले सहकारीका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाको आ.व २०७४÷०७५ को वार्षिक प्रतिबेदन सचिब सुनिल थापाले तथा आर्थिक प्रतिबेदन निरजकुमार श्रेष्ठले प्रश्तुत गरेका थिए । त्यस्तै लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक कुवेर सापकोटाले प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुजंीं ८९ लाख ३१ हजार १ सय रहेको छ भने बचत तर्फ ४ करोड ४२ लाख ३४ हजार ८ सय ९८ रहेको छ । त्यसै गरी कर्जा लगानी ४ करोड १३ लाख ८६ हजार २५ रहेको छ । कार्यक्रममा उत्कृष्ट बचत भरत शाह, उत्कृष्ट ऋणि श्याम गोपाल श्रेष्ठ, एस ई ई मा उतिर्ण सरु थापा, उत्कृष्ट कर्मचारी रविना शिल्पकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरलाल श्रेष्ठको सभापतित्व रहेको थियो भने सदस्य कृष्ण प्रसाद सापकोटाले सञ्चालन गरेका थिए ।