फोहोेर सुन्दै नराम्रो । ब्यक्तिले गर्ने फोहोर ब्यवस्थापनका लागि नगरपालिकाले लगानी गर्नुपर्ने चूनौती छ । फोहोरबाट मोहोर हुन्छ भन्ने चेतना जगाउन नसक्दा तथा त्यसको ब्यवस्थापनमा नगरपालिकाले समेत स्थायी समाधान खोज्न नसक्दा बनेपामा थु्रप्रिएको फोहोरले सिङ्गो बनेपाबासी र जिल्लाबासीहरुलाई समेत नाक खुम्च्याउनु पर्ने अवस्था छ । जनप्रतिनिधि निर्वाचित भए देखि नै शुरु भएको फोहोर ब्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपालका नगरपालिकाहरु मध्ये दीर्घकालिन रुपमा फोहोरको ब्यवस्थापन गर्ने पहिलो नगरपालिकाका रुपमा बनेपा नगरपालिका हुनेछ ।
पाँच वर्ष प्रतिपक्षको अवरोधका बाबजुत नगरपालिकाले धेरै कार्य गरेको छ । अहिले पनि निरन्तर बनेपाको फोहोरलाई सिसडोल पु¥याउने कार्य गरिरहेको छ । फोहोर जलाउने मेशिन ल्याउँदा राख्न अवरोध गर्ने तत्कालिन प्रतिपक्ष दल निर्वाचनमा होमिएको छ । तर फोहोरको दीगो ब्यवस्थापनका लागि एजेण्डा अघि सारेको छैन । खानेपानी समस्या समाधान गर्न बनेपाले गरेको पहललाई आउने नेतृत्वले पुरा गर्ने योजना बनाएको छ । फोहोर ब्यवस्थापनको दीगो योजनालाई समेत एमाले नेतृत्वको टोलीले विशेष योजना बनाएको छ । फोहोरको दीर्घकालिन ब्यवस्थापनका लागि नगरपालिकाले नीजि कम्पनी नेशनल वेस्ट मेनेजमेन्ट एण्ड रिसाईक्लिनिङ्ग सेन्टर ललितपुरसँग सम्झौता गरेको थियो । २०७५ साउन ४ गते पाँच वर्षका लागि गरेको सम्झौता अनुसार नगरपालिकाको फोेहोर दीर्घकालिन रुपमा ब्यवस्थापन शुरु गरिएको थियो । उक्त सम्झौता अहिले नगरपालिकाले स्थानीयको अवरोधका कारण खारेज गरेको छ । कम्पनीले भने जस्तो सेवा प्रवाहका लागि बनेपामा निरन्तर नेपाली काँग्रेसले अवरोध गरेका कारण असहज भएको थियो ।
नगरपालिकाले उपप्रमुख रेखा सापकोटा दाहालको संयोजकत्वमा फोहोर ब्यवस्थापन समिति गठन गरेको थियो । जग्गा ब्यवस्थापनका लागि वडा अध्यक्ष गौरी राउतको संयोजकत्वमा उप समिति गठन गरेको थियो । उप समितिले जग्गा ब्यवस्थापन गरे लगत्तै निर्माण कार्य शुरु भएको थियो । पहिलो चरणमा नगरपालिका आफैले फोहोर ब्यवस्थापनका लागि जग्गा ब्यवस्थापन गरेको छ । बनेपा नगरपालिका वडा नम्वर १४ को चतुरेमा १४ रोपनी जमिन खरिद गरेको छ । अझै केहि रोपनी जग्गा खरिद गर्नेछ । सार्वजनिक जग्गा समेत नगरपालिकाले संरक्षण गरी झण्डै १ सय रोपनी जमिनमा फोहोरको रिसाईक्लिङ्ग गरिने योजना थियो । उक्त स्थानमा पुग्ने सडकको डिपिआर तयार भईसकेको छ भने प्रभावित क्षेत्रका स्थानीयहरुका लागि विभिन्न प्याकेजको विकासका कार्यक्रमहरु शुरु भएको छ ।
नगरपालिकाले जनप्रतिनिधि निर्वाचित हुनु अघि श्रीखण्डपुरमा जग्गा खरिद गरी ब्यवस्थापन गर्ने गरेको फोहोर सोहि क्षेत्रका स्थानीयहरुको अवरोधका कारण सम्भव भएन । ब्यवस्थित डम्पिङ्ग साईड नभएकै कारण फोहोर ब्यवस्थापनमा नगरपालिकाले भोगेको चुनौतीलाई स्थानीयको निरन्तर अवरोध रह्यो । फोहोर घरबाट सडकमा फालौ, आफ्नो क्षेत्रमा ब्यवस्थापन गर्न नदिउँ । यो काम नगरपालिकाको हो उसले जहाँ लैजाओस, जे गरोस भन्ने सोच देखिएकाले पटक–पटक नगरपालिकाको ब्यवस्थापनमा अवरोध खडा भयो । श्रीखण्डपुरको विकल्प चतुरे हुँदै थियो । अहिले पनि त्यसलाई उत्तम विकल्पका रुपमा लिईएको छ । तर पनि सडक निर्माण हुन नसकेका कारण सोहि क्षेत्रको ब्यवस्थापन असहज भएको छ । उक्त क्षेत्रको असहजता हुँदा नगरपालिकाले दैनिक ठेक्का मार्फत फोहोर संकलन गरी सिसडोल पु¥याउँदै आएको हो । बनेपामा केहि महिना देखि फोहोर नियमित संकलन हुन सकेको थिएन । विभिन्न नगरपालिकाहरुसँगको समन्वयमा फोहोर संकलन भए पनि घर घर फोहोर संकलनका लागि बनाईएको कार्यतालिका प्रभावित भएको थियो । २०५५ सालमा आईटी पार्क अगाडी बनेपा नगरपालिकाले ३२ रोपनी जग्गा खरिद गरी कम्पोष्ट प्रशोधन गर्न शुरु गर्ने योजना बनाए पनि त्यहि स्थानलाई फोहोर संकलन केन्द्रका रुपमा लिएको थियो । उक्त स्थानमा स्थानीयहरुले अवरोध गरे सँगै नगरपालिकाले नियमित फोहोर संकलन गर्न नसकेको हो । त्यतिखेर बनेपा नगरपालिकामा दैनिक एक ट्रयाक्टर फोहोर संकलन हुने गरेको थियो । हाल दैनिक ३० टन फोहोर उत्पादन र संकलन हुँदै आएको छ । तत्कालिन बनेपा नगरपालिका वडा नम्वर ५, ६ र ७ नम्वर वडामा मात्रै फोहोर संकलनका लागि नगरपालिकाको ट्रयाक्टर घर घर तथा टोल टोलमा पठाउने गरेको थियो । नगरपालिकाको विस्तारित स्वरुप तथा बढ्दो शहरीकरण सँगै नगरपालिकाका सबै वडाहरुको मुख्य मुख्य चोक तथा बाक्लो बस्तिहरुमा फोहोर संकलनको योजना अगाडी बढाईएको छ । ६७ हजार जनसंख्या स्थायी बसोेबास तथा अस्थायी जनसंख्या त्यति नै संख्यामा रहेको छ । धेरै घरहरु तथा शहरी क्षेत्रको मुख्य बजार तथा काभ्रे जिल्लाको ब्यापारीक नगरी बनेपामा छ ।
बनेपा नगरपालिका जिल्लाको ब्यापारीक शहर तथा केन्द्रका हिसाबले पनि मुटु मानिन्छ । स–साना होटल ब्यवसाय तथा खाद्यान्न, लत्ताकपडा सहितको होलसेल पसलहरुको केन्द्र समेत हो । दैनिक ५० करोड बराबरको कारोवार हुने बनेपा शहरमा वित्तिय क्षेत्र अन्र्तगत ४० वटा भन्दा धेरै बैंक तथा लघु वित्त बैक, सहकारीको हब, यातायात क्षेत्रको पहिलो शहर तथा धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रहरु भएको नगरपालिकालाई स्वच्छ र हराभरा नगर बनाउन प्रयासहरु शुरु भएका छन् । बनेपा नगरपालिकाको फोहोर ब्यवस्थापन सार्वजनिक–नीजि साझोदारी कार्यक्रम मार्फत शुरु गरेको थियो । फोहोर संकलनका लागि घर घरमा आउने सवारी साधनहरु बापत नगरबासीहरुले मासिक रुपैमा शुल्क तिर्ने गरी दररेट कायम भई नगर सभाले समेत अनुमोदन गरेको थियो । नगरपालिकाले तोकेको दररेट भन्दा कम शुल्कमा नीजि क्षेत्रले साझेदारी कार्यक्रम मार्फत फोहोर संकलन कार्य शुरु गरेको हो । उत्पादित फोहोरको ब्यवस्थापन गर्न नगरपालिकाले गरिरहेको आन्तरिक ब्यवस्थापनलाई सहयोग पु¥याउने र फोहोरलाई सामाजिक, आर्थिक र वातावरणीय हिसाबले दीगो ब्यवस्थापन गर्न नगरपालिकाले नेशनल वेस्ट म्यानेजमेन्ट एण्ड रिसाईक्लिनिङ्ग सेन्टर, ललितपुरसँग सम्झौता गरेको थियो । सेन्टरले फोहोर संकलन र ब्यवस्थापनको काम शुरु गरेको भए पनि उक्त योजना असफल भएकाले नयाँ ब्यवस्थापन शु्रु गरेको छ । जनप्रतिनिधि निर्वाचित भए देखि नै फोहोर मैला ब्यवस्थापनका लागि नगरपालिकाले लिएको अभियानलाई दिगो रुपमै ब्यवस्थापन गर्ने गरी शुरु गरिएको हो । नगरपालिकाको प्रमुख समस्या र चुनौती नै फाहोर मैला ब्यवस्थापन हो ।
नेशनल बेस्ट म्यानेजमेन्ट एण्ड रिसाईक्लिनिङ्ग सेन्टरले घर घरबाट फोहोर संकलन गरी रिसाईक्लिनिङ्ग गर्ने थियो । फोहोरलाई १२ शिर्षकमा वर्गीकरण गरी घरधुरी (आवास), ब्यवसायिक, उद्योग कलकारखाना तथा अन्य शिषर्कलाई फरक फरक शुल्क तोकिएको छ । कुहिने र नकुहिने फाहोर अलग अलग बनाई संकलन गरिने र त्यसको तालिका तथा समय र दिनको समेत मोवाईलबाट जानकारी गराउने प्रविधि सेन्टरले शुरु गरेको थियो । चाडपर्व वा कुनै कारणवश फोहोर धेरै भएको अवस्थामा एसएमएस मार्फत फोहोर लिन आउने गरी प्रविधिको विकास गरिएको थियो । नगरपालिकाले चाहेको सुन्दर नगर बनाउने सपनालाई साकार बनाउन नागरिकहरुको अधिकार सँगै कर्तब्य र दायित्व छ । फोहोर लिन आउने ट्रक र समय टोल टोलमा र घर घरमा पु¥याउने गरी अभियान शुरु गरिएको थियो । सडकमा वा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवना र कारवाही समेत गर्ने कानून निर्माण गरी कार्यान्वयन शुरु गरेको थियो । प्लास्टिकको कम प्रयोग र प्रयोग गरिसकेपछि त्यसको सहि ब्यवस्थापन प्रमुख कारण रहेको छ । आफु फोहोर सडकमा लगेर मिल्काउने अनि नगरपालिकाले केहि गरेन भन्ने प्रवृत्ति रहँदासम्म नगर सफा गर्न चुनौती रहेको नगर उपप्रमुख रेखा सापकोटाको अनुभुति छ । नगरमा फोहोर ब्यवस्थापनसँगै फोहोर हुनै नदिन र कुचो लगाउने कुचिकार समेत नराख्ने गरी अभियान शुरु गरी निरन्तरता दिन नागरिकहरुले विशेष ख्याल गर्नु पर्ने प्रशासकहरुको भनाई छ । सबै नागरिकहरुका लागि सुविधा उपलब्ध गराउन र सफा राख्न नगरपालिकाले बनाएको योजनामा नगरवासीहरुको साथ र सहयोग आवश्यक रहेको छ ।





