2026 November 20/ 02:48: 14am

    धुलिखेल/ज्येष्ठ नागरिकलाई गुणस्तरीय र सुलभ दन्त उपचार सेवा प्रदान गर्ने उद्देश्यले धुलिखेल अस्पतालमा ज्येष्ठ नागरिक दन्त सेवा केन्द्र उद्घाटन गरिएको छ ।
    ज्येष्ठ नागरिकको मुख तथा दाँतको स्वास्थ्यमा सुधार ल्याउने र सहज रूपमा गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित उक्त केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले बताए ।  
    ज्येष्ठ नागरिकको मुख तथा दाँतको स्वास्थ्यमा सुधार ल्याउने र सहज रूपमा गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्ने लक्ष्यसहित उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य सेवाको स्थापनामा सहयोग पु¥याउने जर्मन रोटरी स्वयंसेवी चिकित्सक संस्था (जीआरभीडी) प्रति धुलिखेल अस्पतालले आभार व्यक्त गरेको छ । उद्घाटन कार्यक्रममा जर्मन रोटरी स्वयंसेवी चिकित्सक संस्थाका अध्यक्ष डा. जोब्स्ट इस्बारी, उपाध्यक्ष डा. क्लाउस केह्लिङ तथा सचिव सुश्री आन्केको उपस्थिति थियो । उक्त संस्थाको सहयोग, उदारता र स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धताले ज्येष्ठ नागरिकका लागि गुणस्तरीय तथा किफायती दन्त उपचार सेवा विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको प्रा.डा.दशरथ काफ्लेले बताए । 
    उक्त केन्द्रको सञ्चालनसँगै ज्येष्ठ नागरिकले सहज, सुलभ र गुणस्तरीय दन्त उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको उनले बताए । ज्येष्ठ नागरिकको मुख स्वास्थ्यमा सुधार ल्याउनुका साथै उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उनले बताए । ज्येष्ठ नागरिकको स्वस्थ मुस्कान र समुन्नत जीवनका लागि धुलिखेल अस्पतालले चालेको यो कदम स्वास्थ्य सेवा विस्तारको दिशामा अर्को महत्वपूर्ण उपलब्धि हो ।
    कार्यक्रममा बोल्दै अस्पतालका संस्थापक डाक्टर रामकण्ठ माकजुले धुलिखेल अस्पतालले सदैव नागरिकहरुका लागि भएकाले गुणस्तरीय सेवाका साथै सहज र सरल सेवा प्रदान गरिरहेको बताए । अस्पतालका प्रशासकीय अधिकृत प्रा.डा.विराज श्रेष्ठले अस्पतालको सेवा र जेष्ठ नागरिकका लागि उपलबध सेवाको सहजताका बारेमा धारणा राखेका थिए । अस्पतालका डा.बलराम मल्ल, डा.आभा श्रेष्ठ लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । स्वास्थ्य सेवाका विभिन्न उपचार तथा दन्त सेवामा धुलिखेल अस्पताल नेपालकै नमुना मानिदै आएको छ ।