पुरुषोत्तम ताम्राकार
पनौती न.पा.को यो विधिवत रुपमा २०५४ सालको स्थानिय निकायको चुनावपछि पनौती नगरपालिकाको रुपमा हाल प.न.पा बनेको विधितै छ । पनौती नगरपालिका काठमाडौं उपत्यकाबाट झन्डै ३०—३५ कि.मि बाटोपार गर्दै सजिलै पुग्न सकिने नगरपालिका हो । पनौती नगरपालिकामा संस्कृतिक धरोहर बनिरहेको पुरानो बस्तिको एउटा ठाउँ पनि हो । यो पनौती नगरपालिकामा निकै पैराणिक किम्बदन्तिहरु जोडिएको नगरपालिका भन्दा अतिशयोक्ति नहोला । पनौती नगरपालिका यसरी पैराणिक सांस्कृतिक, धार्मिक थलो भइरहदा यहाँ लाग्ने प्रत्येक १२ वर्षको मकर मेला अनि स्थानिय सानाठुला जात्राहरु वर्षभरि यहाँ लागिरहेको हुन्छ । जस्तै मानेश्वरी जात्रा, गणेदेय जात्रा, संकटामाईको जात्रा लगायत इत्यादि जात्रा लागिरहेको हुन्छ ।
पनौती नगरमा यसरी सानो ठुलो जात्राहरु लागिरहँदा पक्कै पनि यहाँको ठुलो जात्रा (ज्यापुन्ही) अर्थात पनौती जात्रा यो प्रायः जेष्ठ आषाढ महिनामा पर्दछ । यो जात्रा पनौतीको वर्षैपिच्छे लाग्ने ठुलो जात्रामा पर्दछ । पनौती जात्रा यो करब मल्ल कालिन समयदेखि नै पनौती नगरपालिका चलेको अनुमान छ । जात्रा क्रमशः यो द्यो, थह्, विज्यागु द्यो कव्विजागुबाट सुरु हुन्छ । यो द्यो, थह्, विज्यागु द्यो कव्विजागु भन्दा खेरी प्रायभ द्रकाली दवि उहाँको आशनबाट सुरुको दिनमा तल राखिन्छ । अब जात्रा प्रारम्भ भएको मानिन्छ । यो द्या तल आसनमा बसेको दिनदेखि ३—४ दिनमा कुलक्या जात्राको पहिलो दिन पर्दछ त्यसै दिन पनौती जात्राको पहिलो दिन हो यस दिन काठमाडौको अनुमान ढोकाबाट ल्याएको फुल प्रसाद र तरवार समेत ल्याइन्छ । त्यसपछि तरवार बोक्ने द्धारेद्धारा पनौती बसपार्कबाट तरवार बोक्दै द्धारेलाई ढोका वाहिरबाट पुनः पनौती बजारभित्र काजा गाजा सहित देश घुमाएर स्वागत गरिन्छ । तत्पश्चात त्यो साँझपखको समयमा दुईचा थरको महिलाहरुद्वारा त्यस दिन त्रिवेणी घाटको झोलुङगे पुलमा बाजागाजा सहित दुइपट्टि पुजाको थाली राख्दै खर्पनमा पुजा बोकेको व्यक्तिसहित दुईचा जातिको महिलाहरुद्वारा त्यो दिन विस्तारै सुस्त सुस्त तरिकाले झोलुङगे पुलमा हिड्छ । त्यसदिन कुलक्या पर्व पर्दछ । किम्बदन्ती अनुसार परापुर्व कालमा पनौतीबाट पाटन लगेको वासुकी नाग जात्रा हेर्न आउने क्रममा उप्त दिन पुण्य माता खोला बढेर ठुलो बर्षा भएकोर उता वमायणि मन्दिरमा खर्पन सहितको पुजा लान त्यो समयमा पुल नभएकोले किम्बदन्ति अनुसार बासुकी नागको ज्युउनै वारी पारि ढाक्ने गरेर पुल बनेको रहेछ । उप्त दिन राति भद्रकाली मातालाई रथमा राखी ब्रम्हायणि मन्दिरमा पु¥याइन्छ । यसरी जात्राको दोस्रो दिन मुजात्रा पर्वको जात्रा प्रारम्भ हुन्छ । यो दोस्रोदिन पनौती वासिहरुको भोज खाने, वरीपरीको आफन्त, स्टमित्रहरुलाई बोलाउने दिन हो । यसदिन चाकन्छी देके वानेगु अर्थात पनौती भरिको देवदेवीको मन्दिहरुमा विहान देखि नै पुजा गर्ने दिन पर्दछ । मुख्य यसदिन अघिल्लो राति तानेर ल्याएको भद्रकालीमा मुर्ति ब्रम्हायणीमा राखि विभिन्न प्रकारको बोका, हाँस, कुखुराहरुको त्यो दिन बलि दिने पुजाआजा गर्ने चलन छ । पनौतीको शक्तिपीठ ब्रम्हायणी मन्दिरमा माता भद्रकालीलाई त्यो दिनभरि नै ब्रम्हायणी मन्दिरमा राखिन्छ । त्यसदिन कर्मचारी थरको आचानु (थर) का व्यक्तिले धार्मिक कर्मकाडित हिसाबले पुजाआजा गरिन्छ । जात्राको तेस्रो दिन रथ जुधाउने पनौतीको मुख्य जात्रा पर्दछ । यो दिन जेष्ठ पुर्णिमाको दिन माता भद्रकाली, उमन्त भैरवनाथ र इन्द्रेश्वरको रथ गरि ३ रथ बनाएको हुन्छ । प्राचीन किम्बदन्तिअनुसार यो जात्रामा यौनिक हिसाबले माता भद्रकालीको रथसँग भैरवनाथको रथ पहिलोचोटी पछाडीबाट तिन पटक जुधाइन्छ त्यस पश्चात इन्द्रेश्वरको रथ जसलाई भक्तजनहरुको समुहले काँधमा बोकेर पछाडीबाट तीनपटक जुधाइन्छ । यसरी रथ जुधाइरहदा पनौती बजारभरि विभिन्न बाजा गाजा सहित बजार क्षेत्रमा जात्रा राम्रोसँग सम्पन्न हुन्छ ।
यत किम्बदन्ती अनि महत्वपूर्ण सांस्कृतिक धरोहर बोकेको यो पनौती नगरलाई विश्वसम्पदा सुचिमा राख्न भरमजदुर भै राख्दा यो पनौति क्षेत्रमा खानी, पानीको व्यवसाय भनेर पनौतिको सम्पदालाई स्वच्छ, सफा हराभरा, राम्रो गरौं । यो पनौती नगरपालिका सदैव यहि विषयलाई मनन गर्न सकोस् ।









