2026 May 02/ 10:09: 36am

चुडा प्रसाद चौलागाई

शब्दचित्रमा ‘हामी’ नामक कविता सँग्रहमा जम्मा ३७ जना कवि र कवियत्रीहरुको कविता संकलन गरी सयुक्त कविता संग्रह सार्वजनिक गरिएको छ । सबैले कवितामार्पmत आआफ्ना अन्र्तमनका अनुभव र अनुभुतिहरुलाई शब्दशब्दका माला बनाई कविता नामाकरण गरिएको छ । जसरी बगैंचामा रहेका विभिन्न रङ्गका विभिन्न फूलहरुले आआफ्नो सौन्दर्यता प्रदर्शन गर्दागदै कयौं मौरी, कयौं भमरा आदि आएर रसस्वादन गरेभैंm विविध कविका कविताहरुलाई आआफ्नो ढंगले समीक्षा एवं टिप्पणीसमेत गरी ‘शब्दचित्रमा हामी’ भित्रका कविता केलाउँदा पुस्तकमा समावेश गरी ‘अनुशिलन नेपाल’ नामक प्रकाशनद्वारा सार्वजनिक गरिएको पुस्तक आपूmले पनि पढ्ने जिज्ञासा राख्दै सबैको कवितातर्पm दृष्टि पु¥यान नसकेता पनि उत्तरआधुनिक कालका युवा कवि साधुराम गिरीद्वारा रचना गरिएको ‘शब्द चित्रमा म’ नामक कविता सर्सति हेर्ने मौका पाएको र त्यस कविताप्रति आपूmले केही जिज्ञासाहरु पोख्ने अल्पज्ञ भएता पनि विचार राखेकोले राम्रो नभएतापनि ठेट्ना मकै चवाउने जस्तै लेख्ने जमर्को गरेको छु । 
कविताका स्वरुपहरु फरक फरक छन् । गीत, गजल, मुक्तकलगायत महाकाव्य, खण्डकाव्य, छोटा कविता आदि । जसमध्ये साधराम कवि साधुराम गिरीको एउटा छोटो कविता रहेको छ । ‘शब्द चित्रमा म’ कविता साहित्य हो वा कला ? यो चर्चाको विषय रहेको छ । चर्चा जतिसुकै भएता पनि कविता कला हो र साहित्य पनि । साहित्यको रचना गर्नु भनेको कविको कला पदर्शनी गर्नु हो भन्ने बुझिन्छ । हाम्रो शरीर हाड र मासुको संयोजनबाट बनेभैंm कविता पनि कला र साहित्य दुबै पक्षमा महत्वपूर्ण रहेको हुन्छ । कलाविना साहित्य हुन्न साहित्य भएरनै कला प्रदर्शन हुने हो । कविले आफ्ना अन्तरमनका कुरालाई अन्त्यानुप्राश छन्दमा प्रस्तुत गर्नुभएको छ । कवि अर्काले आँखाबाट आँसु खसालेको देख्ननसक्ने, कहिल्यै पनि मासुको सेवन नगर्ने, साकाहारी जीवन सधैं विताउने, प्रतिबद्धता व्यक्त गरेका छन् । यो ज्यादै उच्च विचार हो । हाम्रो धर्मशस्त्रले बताएको छ, “जोसँग संगत ग¥यो त्यसको प्रभाव पर्दछ ।” त्यसैले असल र विद्धानहरुको संगतले मानिसलाई हित गर्दछ । मानिसमा तीन किसिमका गुण हुने बताइएको छ, सत्वगुणी, रजोगुणी र तमोगुणी । यी तीन प्रकारका गुणहरु विकास हुनुमा खानपिनको प्रभाव अवस्य पर्दछ । जे रोप्यो त्यही फल्दछ भनेभैंm सत्वगुणी खाना खानालाई अनुशासित ढंगबाट प्रयोग गर्न सके अवश्य हिंसाबाट बच्नसकिन्छ । जीवन बाङ्गो रेखामा चलेको हुन्छ । संसारको व्यवस्था र व्यवहार फरक छ । आज बजारमा कयौं प्राणीहरुको हत्या गरेर बजारमा पु¥याउँदै जीवन चलाएको देखिन्छ । जस्तैः खसी, बोका, बाख्रा, पंक्षीलगायत चारखुट्टे जनावरहरुको हत्या गरेर त्यसैलाई मासुको रुपमा विक्री गर्ने र खानेहरुको सँख्या अधिक रहेको छ । यस्तो हुँदाहँुदै पनि कविले गरेको प्रतिबद्धतालाई जीवनमा अपनाउँदै, व्यवहारमा उत्रंदै आउनुभएको कुराप्रति प्रशंसा गर्नुपर्दछ । यो पनि एउट तपस्या हो । मन, वचन र कर्मलाई एकरत्ति फरक नगर्दै जीवनलाई उतार्दै गरेको देखिन्छ । 
परोपकारको महत्व ज्यादै माथि छ । भनिएको छ, “परोपकार धर्म हो, परोपकार कर्म हो; परोपकार गर्नुनै मनुष्य खास बन्नु हो ।” परोपकारको शीर्षकमा ठूलाठूलो ग्रन्धहरु लेखिएका छन् । जसमध्ये महाभारत ग्रन्थमा ज्ञानयोग, कर्मयोग र ध्यानयोगको बारेमा व्याख्या विश्लेषण भएको छ; ठूलो युद्ध भएको छ । जसको नाम रहेको छ महाभारत । महाभारत शब्दले ठूलो भन्ने अर्थ दिन्छ । यसमा १ लाख श्लोक छ भनिएको छ । सम्पूर्ण कविताको अन्तिम निस्कर्ष पनि यस्तो छ भनिएको छः 
    अष्टादश पुराणेशु
व्यासस्य वचनम् दोयम 
    परोपकाराय पुण्ड्याय 
    पापा परपीडनम् ।
अवस्य पनि पापले पीडा दिन्छ र परोपकार गर्नाले धर्म मिल्छ । यो भनाइ कविमा देखिन्छ । यदि व्यवहारमा जीवनको अन्तिम अवस्थासम्म रहन र समाजलाई यस पक्षमा उभ्याउन सक्नुभयो भने ठूलो सफता मान्नुपर्दछ । दयाकै बारेमा कवि लेखनाथ पौड्यालको कविता राख्न सान्दर्भिक ठान्दछुः
    दया हो, पृथ्वीको अति चहकिलो पारशमणी
    दया नै हो कालो भवजलदिको मुख्या तरणी 
    दया त्यस्तो त्यागी मनुजःमा किन हिंसातिर झुक्यौ 
    म मर्ने हुँ मर्छु तर तिमी नराम्रोसित चुक्यौ ।  (तरुणतपसी नव्यकाव्य पेज नं. २०) 
दया र मायाको महत्व दर्शाउँदै माया र करुणाको भावनालाई उच्च मनोभावले स्वीकार्दै ब्रह्माले गरेको यो सृष्टिचक्रमा हामी घुमिरहेको यो तपस्या गर्न योग्यो भुमिमा भगवान विष्णुको दृष्टिले संसार चक्र चलिरहेको, महेश्वरनै शक्तिशाली हुनुहुन्छ, उहाँको चहानाविना केही हुनसक्दैन भन्दै ब्रह्मा, विष्णु र महेश्वरको घनघोर तपस्या गरेको देखिन्छ । हुन पनि कवि गिरी हुनुहुन्छ र दशनामी सन्यासी पनि । विशेष गरी उहाँहरु शिवमार्गी हुनुहुन्छ । भगवानप्रतिको अटल विश्वास र भरोसाले सधैं सकारात्मक काम सधैं समाजमा गर्ने धारणा राख्नुभएको छ । कविले ईश्वरको कृपा पाउन सकेमा प्रत्येक प्राणीप्रतिको कल्याणको लागि निरन्तर लागिरहने आफ्नो उद्देश्य रहेको पनि बताउनुभएको छ । सादा जीवन अनुशरण गर्दै कसरी उच्च विचार आउला र जीवनलाई शान्तिउन्मुख गर्न सकूँला ? दीन दुखीहरुप्रति देखिने र देखिएकाहरुप्रति मल्हम लगाउन सकूँला भन्ने चिन्ता व्यक्त भएको छ । यो कुरा सबै चाहान्छन् । भाषामा व्यक्त गर्छन् तर व्यवहार हिंसातिर गएको पाइन्छ । तर कवि साधुराम गिरीमा त्यस्तो भावना देखिदैन; भएरहेमा ज्ञानको मार्गलाई पखाल्दै, भगवानको उपदेशलाई स्वीकार्दै अघि बढ्ने हिम्मत गरेको देखिन्छ । यस्तै भावना महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविताको अन्तिम कवितामा पनि पाइन्छ । 
    फर्कफर्क हे जाऊ समाऊ मानिसहरुको पाउ
    मल्हम लगाऊ आर्तहरुको चहराइरहेको घाउ
    मानिस भई ईश्वरको त्यो दीव्य मुहार हँसाऊ 
कुनै पनि सहज कवि छ भने उसको अन्तरमनबाट फुटेको भावनाले पाठकलाई प्रेरित गर्दछ । यदि उसले जीवनलाई सकारात्मक रुपमा बुझाउन खोज्दछ भने  । 
संसारमा थुप्रै महान मनोवृतिका दार्शनिहरु, विद्धानहरु, साहित्कारहरु कहलिएका छन् । तिनीहरु त्यसै कहलिएका होइनन् । ठूलो त्याग र तपस्याविना होइन । हामीले थाहापाएका त्यस्ता दार्शनिकहरु थुप्रै छन्; त्यागीहरु अनगिन्ति छन् जसको मिहिनेत र प्ररिश्रमले संसार उज्यालो बनेको छ एकातिर भने अर्कोतिर विज्ञानको दुस्प्रयोगले खतरा पनि देखिएको छ जसले दुरुपयोग गर्नेहरुको दोष होला । आविष्कार गर्नेहरुको दोष होइन । केही त्यस्ता मानिसहरुको नाम यहाँ दिनखोजिएको छः जस्तै नेल्शन मण्डेला, अब्राह्म लिङ्कन, अल्बर्ट आइन्टाइन, लियो टाल्सटाय, राइट दाजुभाइ, महात्मा गान्धी, वी.पी.कोइराला, गौतम वुद्ध, पुष्पलाल आदि आदि । धर्मो रक्षति, रक्षीत भनिएको छ । हामीले धर्मको रक्षा ग¥यौं भने धर्मले हाम्रो रक्षा गर्दछ । जस्तो बीउ रोपिएको छ त्यस्तै फल लाग्दछ । सेवाको महत्व दर्शाउँदै कविले  त्यसतर्पm आपूmलाई लगिरहने भावना व्यक्त गर्नुभएको छ । हाम्रो शरीरमा विभिन्न अङ्गहरु छन् । ती सबैका आआफ्नै जिम्मेवारी छन् । न मुखको काम नाकले गर्दछ न नाकको काम मुखले । आँखा त्यस्तो अङ्ग हो जसले संसार देख्दछ । त्यस्तै मन छ पापी । मनलाई केन्द्रित गर्न सकिएन भने दिग्भ्रान्ती हुन्छ । खैलाबैला हुन्छ । सबैभन्दा छिटो हिड्ने नै मन हो । मनलाई संयम राख्न आध्यात्मिक चिन्तनको आवश्यकता पर्दछ । यसैको लागि कवि प्रयत्नशील देखिनुहुन्छ । सधैं हाँस्ने इच्छा गर्नुहुन्छ । सेवा गर्न रहर गर्नुहुन्छ । कसैको दुःख नदेख्ने इच्छा गर्नुहुन्छ । तर त्यो इच्छा कतिसम्म सफल हुने हो भविष्यले नै दखाउला । जीवन दुखदायी छ, काँडै काँडालाई टेकेर अगाडि लाग्नसक्नु पर्दछ । काँडाधारी फलको रुखमा मिठो फल पनि पाइन्छ । जीवन समुद्रको किनारको चिप्लो ढुङ्गा हो भने रगडिन सक्नुभयो भने सायद कविको इच्छा पूरा हुन्छ । यसै सन्दर्भमा एउटा अंग्रेजीमा प्रयोग गरिने एउटा Proverb राख्न सान्दर्भिक हुन्छ कि ः 

"Where there is a will, there is a way" कवि साधुराम गिरीले मान्छे, प्रकृति र भेगन सम्बन्धको सम्बन्धित विषयमा उच्च अध्ययन गर्दैै नेपाल शाकाहारी संघ काठमाण्डौबाट आजीवन सदस्यतासमेत लिएर आफ्नो प्रतिभा बाँड्दै समाज परिवर्तनको लागि गर्न खोज्नुभएको कार्यलाई प्रशंसा गर्नुपर्दछ । त्यति मात्र होइन अन्य संघसंस्थामा रहेर जीवनलाई सही बाटोमा पु¥याउन लागिरहेको देखिन्छ । मानवको मात्र कल्याण गर्ने मात्र नभई सम्पूण प्राणी जगतको हितको लागि आफु जीवनभर अगाडि बढिरहने उहाँको साहसिक धारणप्रति धन्यवाद दिंदै उहाँको जीवन सफल बनोस् कामना छ । विशुद्ध शाकाहारी (Vegan) जीवनशैली अपनाएका कवि समक्ष एउटा मनमा लागेको सुझाव राख्दा अन्याय नहोला । दही दूधलाई भगवानको प्रसादको रुपमा पनि लिइन्छ । त्यसमाथि गाईलाई आमा मानिन्छ । पवित्र कार्यमा गाईको दूध आवश्यक हुन्छ । पञ्चामृत बनाउँदा गाईको दूध, घीउ आवश्यक हुन्छ । त्यसैले गाईको दूधलाई आपूmले पनि ग्रहण गर्दा अवश्य पनि नकारात्मक नहुनसक्छ ।  
उहाँको विशुद्ध शाकाहारी जीवनशैली जो कोहीका लागि पनि प्रेरणादायी छ । उहाँको यो सादगी र साहसिक जीवन शैली सम्पूर्ण प्राणीजगतको हितको लागी सार्थक रहोस् । उहाँले कल्पना गरे जस्तै एक दिन यो पृथ्वी सबै प्राणीहरुको लागी एउटा सुन्दर बगैँचा बन्न सकोस जहाँ सबै प्रकारका प्राणीहरु ढुक्कासँग एक आपसमा मिलेर एकले अर्काको अस्तीत्वलाई सम्मानपूर्वक सबैले  बाँच्न पाउने अधिकारको सुनिश्चितताको ग्यारेन्टी गर्न सक्ने प्रेरणा सबैमा जागृत होस् । आगामी दिनहरुमा पनि समाजउपयोगी तथा सम्पूर्ण प्राणीजगतको हित गरी प्रयावरणको रक्षार्थ मानवीय जीवनउपयोगी विषय बस्तुहरुमा सन्देश प्रवाह गर्ने प्रयासहरुको निरन्तरताको लागी शुभेच्छाका साथै मित्र साधुराम गिरीको सुस्वास्थ र उत्तरोत्तर प्रगतीको कामना गर्दछु । (लेखक प्रभा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख हुनुहुन्छ ।)