2026 May 31/ 02:28: 46am

    तीन तहका सरकार संचालनका क्रममा नागरिकहरुले अपेक्षा गरे अनुरुपका रोजगार सिर्जना हुन नसकेको, स्थानीय तहमा अवसर घट्दै गएको, उत्पादन कमजोर र आयात धेरै हुन थालेको, प्रजनन दर घटिरहेका अवस्थामा राष्ट्रिय जनगणनाले ३० वर्षे जनसांख्यिक प्रक्षेपण गरेको छ । प्रक्षेपणले नागरिकरुको बसोबासको अवस्था कमजोर बन्दै गएको देखिएको छ । अरबौका बजेट, विकास निर्माणका कार्यहरु ग्रामिण भेगमा भईरहँदा त्यसको उपभोग गर्ने नागरिकहरुको संख्या नहूँदा विकास गर्ने कि नगर्ने ? कस्तो विकास गर्ने ? त्यसको दीर्घकालिन प्रभाव र असर के हुन सक्छ ? कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने ? तीन तहका सरकारले योजना निर्माण र बजेट विनियोजनमा ध्यान दिनु आवश्यक भएको छ । तथ्यांक अनुसार पालिकाहरुले जनसांख्यिक दर घटिरहँदा त्यहाँ विनियोजित विकास र नागरिकहरुको संख्यालाई ध्यान दिनु आवश्यक छ । राज्य एक जना नागरिकका लागि पनि उत्ति नै जिम्मेवार हुने भएकाले बसोबासलाई केन्द्रिकृत अर्थात एकीकृत बसोबास प्रणाली, उत्पादनका लागि ब्यवसायीक खेति, रोजगारका लागि सामुहिक प्रणाली अपनाउने गरी कार्यक्रम निर्माण गरिनु पर्छ । 
    विदेश गएको जनशक्ति कुनै न कुनै कारण स्वदेश फर्कन चाहन्छ । अवसर राम्रो हुँदा र रोजगार हुँदा नागरिकहरुले जन्मथलो छाड्ने चाहना ब्यक्त गर्दैनन । अस्थिर राजनीतिक प्रणाली, चरम दलियकरण र राज्य संयन्त्रमा भईरहेको ढिलासुस्ति, अनियमितता तथा बजारमा भईरहेको कालोबजारी नागरिकहरुको नैराश्यताको अर्काे कारण बनिरहेको छ । भनसुनमा मात्रै हुने काम र त्यसको परिणाममा पनि नागरिकहरुले असन्तुष्ट ब्यक्त गरिरहेका छन् । ब्यवस्था नै खराव पो हो कि ? भन्ने भास्य निर्माण गरिन खोजिदैछ । काम गरेर भन्दा लुटपाट गरेर खान पाईन्छ भन्ने सोच युवाहरुमा पलाउन थालेको छ । यो क्रम रोक्न पनि नागरिकहरुमा राज्यले आत्मविश्वास बढाउन आवश्यक छ । राष्ट्रिय जनणनणनाले तयार गरेको तथ्यांकले दिएका तथ्यहरुले आगामी दिनमा निर्माण गरिने योजनाहरुलाई थप सहयोग पु¥याउने छ । सन् २०३० सम्ममा बनेपा, धुलिखेल, पाँचखाल, पनौती धनात्मक देखिएका छन् । अन्य सबै पालिकाहरु ऋणात्मक जनसख्ंयामा देखिएका छन् । चौरीदेउराली गाउँपालिका सन् २०५१ अर्थात विक्रम सम्वत २१०७ मा उक्त पालिकाको जनसंख्या ५ हजार ३ सय ४६ मा झनै प्रक्षेपण गरिएको छ । भुम्लुमा ५ हजार ९ सय ६२, मण्डनदेउपुर नगरपालिकामा २८ हजार ७ सय ७७ जनसख्ंया हुने प्रक्षेपण गरिएको छ । त्यस्तै जिल्लाको ब्यापारी नगर बनेपामा भने सबै भन्दा धेरै जनसख्या हुने प्रक्षेपण छ । बनेपामा २०२१ अथार्त २०७७ सालमा ६८ हजार ८४ जनसंख्यामा विक्रम सम्वत २१०७ मा ८० हजार १ सय १८ जनसंख्या पुग्नेछ । 
    धुलिखेल नगरपालिकामा पनि ३३ हजार ९ सय १८ बाट विक्रम सम्वत २१०७ सालमा ३८ हजार १ सय ११ पुग्नेछ । यो जिल्लाको सदरमुकाम भएको पालिका पनि हो । त्यस्तै पाँचखाल नगरपालिकामा पनि ३५ हजार ७ सय ३ बाट घटेर विक्रम सम्वत २१०७ सालमा ३४ हजार ६ सय ८२ पुग्नेछ । तेमाल गाउँपालिकामा १७ हजार ३३ जनसंख्याबाट ३० वर्ष पछि अर्थात विक्रम सम्वत २१०७ सालमा ५ हजार ३ सय ३६ जनसंख्या पुग्ने प्रक्षेपण रहेको छ । नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८७ बाट २३ हजार ५ सय २४ मा झर्ने प्रक्षेपण छ । पनौती नगरपालिकामा पनि ३० वर्ष पछिको तथ्यांकमा ऋणात्मक हुनेछ । ५१ हजार ७ सय ५७ बाट ५० हजार ७ सय ७८ मा झर्नेछ । बेथान्चोक गाउँपालिकामा १५ हजार ५२ बाट ५ हजार ८ सय ७६ जनसंख्या हुनेछ । रोशी गाउँपालिकामा २३ हजार ९ सय १६ बाट ८ हजार ७ सय २६ हुनेछ । महाभारत गाउँपालिकामा १६ हजार १ सय ८७ बाट घटेर ६ हजार ५ सय ५२ हुनेछ । खानिखोला गाउँपालिकामा १२ हजार ३ सय ४ बाट झरेर ५ हजार २ सय ४६ हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय जनगणनाको प्रक्षेपण अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसंख्या सन् २०५१ अर्थात विक्रम सम्वत २१०७ मा ३ लाख ४ हजार ३ सय ९६ हुने प्रक्षेपण गरिएको छ । ३० वर्षको प्रक्षेपणमा हरेक वर्ष जनसख्ंया घट्दो दरमा रहेको उल्लखे छ । सन् २०२१ अर्थात २०७७ साल देखि विक्रम सम्वत २१०७ सालसम्मको जनसंख्याको प्रक्षेपण गरेको हो ।