2026 April 18/ 08:57: 45pm

    देशभर प्रहरीले नागरिकहरुलाई दिने सेवालाई प्रभावकारी बनाउन प्रविधीमा जोड दिएको छ । प्रविधिको विकास र प्रयोगसँगै हुने गरेका फरक खालका घटना र अपराधलाई न्यूनिकरण गर्न प्रहरीले स्मार्ट प्रविधिलाई जोड दिएको छ । स्मार्ट कन्ट्रोल रुमले स्मार्ट प्रविधिलाई कार्यान्वयन गर्न सहज पुग्छ । काभ्रेपलाञ्चोक जिल्ला सुगमसँगै दुर्गम पनि छ । जहाँ आज पनि नेपाल टेलिकमका कुनै पनि सेवा संचालनमा आउँदैनन् । त्यस्तो स्थानमा पनि प्रहरीले प्रविधी मार्फत नागरिकहरुलाई सेवा दिनु छ । सन्तुष्ट बनाउनु छ । शान्ति सुरक्षा कायम गर्नु छ । प्रविधिको विकाससँगै चुनौती पनि थपिने छ । प्रहरीले आउने हरेक चुनौतीलाई सामना गर्न सक्ने गरी सेवा प्रारम्भ गरेको छ । 
     पछिल्लो समय दशैं, तिहार लगायतका महत्वपूर्ण चाडपर्वको पूर्व सन्ध्यामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ‘स्मार्ट कन्ट्रोल रुम’ शुरुवात भएको छ । प्रविधीसँगै सेवा र प्रहरी आफै स्मार्ट बन्ने छ । 
प्रहरीको सहयोग जसलाई चाहिएको छ उसले दिएको सूचनाका आधारमा तत्कालै प्रहरी परिचालन गर्न अर्थात प्रहरी तत् स्थानमा पुग्न एपको प्रयोग महत्वपूर्ण हुनेछ । १०० नम्वर, सिसिटीभी, एप, रेडियो सेट, प्रहरी कन्ट्रोल रुममा प्राप्त भएका सूचनालाई प्रमुख मानिनेछ । स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्दै स्मार्ट सेवासँगै प्रविधि र जनशक्ति पनि स्मार्ट बन्नु पर्ने प्रमुख चुनौती छ । ‘स्मार्ट कन्ट्रोल रुम’ ले नागरिकहरुले १०० नम्वरबाट दिने सूचनाका साथै कम्युनिकेसन ब्रान्च र प्रहरीको एपबाट आउने सूचनालाई केन्द्रित गरेर प्रभावकारी कार्यान्वयन गर्नेछ । अनुसन्धानमा खटिने प्रहरीलाई सशक्त बनाउन यो एपले थप सहयोग पुग्ने छ । 
    प्रविधिमैत्री कार्यले नागरिकलाई सहज सेवा उपलब्ध गराउन मद्दत पु¥याउँछ । शान्ति सुरक्षालाई थप मजबुत बनाउन प्रविधी मैत्री सेवा सहयोगी बन्नेछ । थोरै जनशक्तिबाट धेरै कार्य गर्नु पर्ने अवस्थालाई प्रविधिमैत्री सेवाले सहयोग पुग्नेछ । नागरिक र प्रहरी बीचको गुनासोको दुरी कम गराउन सहयोग पुग्नेछ ।  भौतिक दूरी घटे पनि सेवाको दायित्व प्रहरीको बढेको छ । नागरिकहरुलाई अझै सेवालाई सहज र सरल बनाउन प्रविधि महत्वपूर्ण हुनेछ । तत्काल मातहत इकाईलाई सूचना प्रदान गर्न, सम्बन्धित ईप्रका तथा चौकी इन्चार्जलाई जिम्मेवार बनाउने, डिस्प्याच भएको रेकर्ड दुरुस्त रुपमा राख्न, सूचना समयमा नपाएको गुनासो हुन नदिन, जिपिएस सिस्टमबाट पीडितको लोकेसन ट्रयाक गर्न सहज हुने, परिचालन चुस्त र दुरुस्त हुने, सम्पूर्ण प्रहरी परिचालन अभिलेखीकरण हुने तथा महिला तथा बालबालिका सम्बन्धि घटना गोप्य रुपमा परिचालन गर्न उक्त एप महत्वपूर्ण हुनेछ । स्मार्ट कन्ट्रोल रुमको प्रयोगका लागि कल ट्रान्सफर र एसएमएसको प्रयोग गर्न सकिनेछ । 
    कन्ट्रोल रुममा प्राप्त भएका सूचनालाई संचार हुँदै सिस्टममा पठाए पछि स्वतः अनुकुलतामा प्रहरी परिचालन हुनेछ भने प्रहरीलाई प्राप्त भएका सबै सूचनाहरुको अभिलेख रहनेछ । सूचना दिनेले पनि आफुले दिएको सूचनाको कार्यान्वयनका बारेमा तीन वर्षसम्मको अभिलेख हेर्न सक्नेछ । उक्त एपमा जिल्लामा हुने महत्वपूर्ण घटना तथा कार्यक्रमका बारेमा नियमित सूचना पनि प्राप्त हुनेछ । सर्वसाधारण र प्रहरी स्वंयम्का लागि पनि एप अपराध न्यूनीकरण र प्रहरीको सेवा प्राप्तिका लागि सहज हुनेछ । प्रहरीले दिन खोजेको तत्कालको सेवा र नागरिकहरुले दिने सूचनामा यो एपले सहयोग पुग्ने अपेक्षा गरिएको छ । अबको चुनौती प्रभावकारी कार्यान्वयन मात्रै हो ।