2026 April 17/ 04:36: 53am

नागरिकका लागि राज्य स्वास्थ्य र शिक्षामा मात्रै होईन आधारभुत आवश्यकतामा समेत अभिभावक बन्न सकेको छैन । संविधानले प्रदत्त गरेका अधिकार पनि नागरिकले प्राप्त गर्न सकेका छैनन् । अहिले सबैभन्दा धेरै र ठुलो ब्यापार नागरिकहरुका लागि शिक्षा र स्वास्थ्यमा भईरहेको छ । सामान्य ब्यक्तिले उपचार नै नपाएर मर्नु पर्ने अवस्था त छँदै छ तीन तहका सरकार आफैमा अधिकारका नाममा अलमल्लमा छन् । संघीयता सँगै तीन तहका सरकारको प्राथमिकतामा परेको विषय स्वास्थ्य भन्दा पनि सडक लगायतका अन्य पुर्वाधारहरु छन् । तर जिल्ला अस्पतालका रुपमा स्थापना भएको मेथिन्कोट अस्पतालले नागरिकलाई दिने सेवामा गुणस्तरीय प्रदान गर्न शुरु गरेको छ । त्यो क्षेत्रका नागरिकहरुका लागि यो सह्रानिय पक्ष र अवसर हो । 
    नमोबुद्ध नगरपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाको २३ वर्ष पछि जिल्ला अस्पतालको मान्यता प्राप्त गरेको मेथिन्कोट अस्पतालले सेवालाई विस्तार गरेको छ । स्वास्थ्य केन्द्रको भवनलाई अस्पतालको रुपमा विकास गरी थप पुर्वाधार मार्फत अस्पतालको सेवा प्रारम्भ गरेको मेथिन्कोट अस्पताल केहि वर्षमै सुविधा सम्पन्न भवन निर्माण गरी सेवा विस्तारमा जुटेको छ ।  २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचन पछि तत्कालिन जनप्रतिनिधिहरुको निर्णयले मेथिन्कोटमा प्राथमिक स्वास्थ्य केन्द्र खोल्ने निर्णय हालको अस्पताल प्रारम्भको जग हो । त्यतिबेला प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्नु नै ठुलो कुरा थियो । प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँ विकास समितिका नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य पुरा गर्न सफल भयौं । अहिले अस्पताल स्थापना भएकाले हाम्रो सपना साकार भएको महसुस गरेका छौं । प्राथमिक स्वास्थ्य केन्द्रबाट २०६६ सालमा मेथिन्कोट अस्पतालमा १५ शैयाको बेड सहित संचालनमा ल्याउने निर्णय गरिएको थियो । सोहि अनुसार अस्पताल संचालन भयो तर सेवा प्रभावकारी हुन सकेन । जनशक्ति पूर्ण रुपमा ब्यवस्थापन हुन नसक्दा नागरिकहरुले आवश्यक सेवा प्राप्त गर्न सकेनन् र विश्वास पनि जित्न कठिन भयो । आठ वर्ष पछि मुलुक संघीयतामा प्रवेश ग¥यो । मेथिन्कोट अस्पताल स्थानीय तह मार्फत संचालन हुन थाल्यो । तर पनि पर्याप्त सेवा भने उपलब्ध हुन सकेन । अहिले बागमति प्रदेश सरकारले सोहि अस्पताललाई जिल्ला अस्पताल बनाउने निर्णयसँगै सेवा र बजेटमा विस्तार भएको छ । 
    अस्पतालले आकस्मिक सेवा अन्र्तगत प्रयोगशाला, एक्स रे, प्रसुती, फार्मेशी तथा अन्य सेवा उपलब्ध छ । ५० शैया अस्पताल संचालनको अनुमति पाएको अस्पतालले पुर्वाधार अभावका कारण तत्काल ३३ बेड संचालनमा ल्याएको छ । गंगालाल अस्पतालको सहकार्यमा ह्दयघात, मानसिक स्वास्थ्य अस्पताल पाटनको सहकार्यमा मानसिक स्वास्थ्य सेवा लगायत आईसियु, भेन्टिलेटर र अन्य सेवा प्रारम्भ गरेको छ । ५ शैयाको डाईलोसिस सेवा संचालनमा ल्याउने तयारी छ । सामान्य चिरफार देखि ठुलो अप्रेसन पनि शुरु गर्ने गरी तयारी गरिएको छ । भिडियो एक्स रे, स्वास्थ्य विमा कार्यक्रम, रेविज विरुद्धको खोप, महामारी नियन्त्रण, एचआईभी एड्स नियन्त्रण, क्षयरोग, कुण्ठरोग, किटजन्य रोग नियन्त्रण कार्यक्रम पनि संचालन भईरहेको छ । एसएनसियु, समुदायमा आधारित नवजात शिशु र बाल रोगको एकिकृत ब्यवस्थापन, पोषण कार्यक्रम, राष्ट्रिय खोप कार्यक्रम, प्रजनन् स्वास्थ्य कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य, परिवार नियोजन सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, आकस्मिक सेवा, हाडजोर्नी तथा नसा रोग, प्रयोगशाला लगायतको सेवा नियमित उपलब्ध गरिएको डा. सेढाईले बताउनु भयो । अस्पतालमा ६३ जना जनशक्ति कार्यरत छन् । अधिकांश सेवालाई निःशुल्क उपलब्ध गराउन तीन तहका सरकारले प्रयास गरिनु पर्छ । नागरिकहरुले सहज, गुणस्तर र निःशुल्क सेवा प्राप्त गर्नु आजको आवश्यकता हो ।