2026 April 17/ 02:33: 17am

    संसद्मा ठूलो दल बनेको नेकपा एमाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको थियो। जतिबेला नेपालका राजनीतिक दलहरुले एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए। नेकपा एमालेको जनमत र मतभारका अगाडि अन्य राजनीतिक दलहरुले आफ्नो पराजय सम्झन पुगे। सत्तामा नेतृत्व गरिरहेको दल नेकपा एमालेबाट केहि नेताहरु अलग भए र अर्काे दल दर्ता भयो। त्यसको असर त नेकपा एमालेलाई प¥यो नै अझै सत्तामा रहेका दलहरु एमाले विरुद्धको मोर्चामा सहभागी भए। कतिसम्म भने एमाले विरुद्ध वडास्तरमा सदस्य पदमा समेत मोर्चा बन्दी भयो। त्यसका बाबजुत नेकपा एमालेले आफूलाई शतिसाल झै उभ्याउन सफल भयो। सिट संख्या कम भयो। तर एमालेका लागि प्राप्त जनमत घटेन।
    २०७४ सालमा नेकपा एमालेले १ सय ३५ वडा मध्ये ५६ वडामा विजय प्राप्त गरेको थियो। एमाले फुटेको र गठबन्धनका कारण एमालेले मत बढाए पनि सिट संख्या घटाएको छ। प्रमुख र उपप्रमुख गरी १४ सिट प्राप्त गरेको एमालेले ४ सिटमा चित्त बुझाउनु परेको छ। ४३ वडामा विजय प्राप्त गरेको एमालेले १३ वडा गुमाएको छ। ७ सय १ मध्ये २ सय ४५ सिटमा एमालेले एक्लै विजय प्राप्त गरेको छ। २०७४ मा विजयी भएको वडाहरुमा पराजय भोगेको भए पनि नयाँ वडाहरुमा एमालेले पकड जमाएको छ। केहि केहि स्थानमा थोरै मतान्तरले पराजय ब्यहोरेको छ भने केहि तहमा गोला प्रथाबाट समेत पराजय ब्यहोरेको छ। टिकट वितरणका कारण एमालेले केहि स्थानमा पराजय ब्यहोरेको निश्कर्ष निकालेको छ। स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले प्रमुख पदमा ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो। एमालेले थपिएका मतदाताहरुको आकर्षण बढाउँदै एक्लै प्रतिस्पर्धा गर्दा जिल्लामा १६६०८ मत बढाएको छ। २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले ८५२५५ मत प्राप्त गरेको छ। गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, मधेशवादी दलहरु समेतको कुल मत जिल्लामा १ लाख ६ हजार २ सय १० मत रहेको छ। एमालेको भन्दा गठवन्धनको मत २० हजार ९ सय ५५ मात्रै धेरै छ। एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एमाले जिल्लाको पहिलो शक्ति बनेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६८ हजार ६ सय ४७ रहेको थियो भने नेपाली काँग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६३ हजार १ सय ३९ रहेको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रले प्राप्त गरेको कुल मत प्रमुख पदमा २९ हजार २ सय ७५ रहेको छ। २०७९ सालमा गठबन्धनको मत प्रमुख र अध्यक्ष पदमा १ लाख ६ हजार २ सय १० मत प्राप्त गरेका छन् उपप्रमुख र उपाध्यक्ष पदमा ९७ हजार ३९ रहेको छ। नेकपा एमाले एक्लैले एमालेको मत प्रमुख र अध्यक्ष पदमा ८५ हजार २ सय ५५ रहेको छ भने उपप्रमुख र उपाध्यक्ष पदमा ८१ हजार ७  सय ३ रहेको छ।
    आसन्न आम निर्वाचनमा पनि दलहरु बीच गठबन्धनको सम्भावना छ। गठबन्धनका कारण महिलाहरुको सहभागिता शुन्य हुँदै गएको तर्फ दलहरु सचेत छैनन्। न त दलका नेताहरुले त्यसका विषयमा गम्भीरता देखाएका छन्। एमाले प्रति बढ्दै गएको आकर्षणलाई संस्थागत विकास गरिनु जरुरी छ। नेताहरुमा भएको अहंमता, दम्भ त्याग गर्दै कमिटीगत प्रणालीलाई ब्यवस्थित गरी जनताले खोजेको विकासप्रेमी सरकार गठन गर्न आसन्न निर्वाचनमा अहिलेका त्रुटीहरु सच्याउनु जरुरी छ ।