२०७४ मा पहिलो पटक सम्पन्न स्थानीय तहको निर्वाचनले जग बसाएको थियो । दोश्रो पटक २०६९ बैशाख ३० गते निर्वाचन सम्पन्न भएको छ । यो पटक दलहरुका बिचार, सिद्धान्त भन्दा सत्तामा कसरी पुग्न सकिन्छ ? भन्ने सोचका साथ सत्तामा पुगेका दलहरुको गठबन्धन बन्यो । त्यहि गठबन्धन स्थानीय तहसम्म कृयाशिल रहँदा संविधानका मर्म र भावनाहरु कुल्चिन पुग्यो । लोकतन्त्रको कुरा गरेर कहिल्यै नथाक्ने नेपाली काँग्रेस जस्तो पार्टीले पनि संविधान विपरीत प्रमुख वा उपप्रमुख पद मध्ये एउटा पदमा महिला उम्मेदवार दिनु पर्नेमा त्यसो गरेन । नेकपा एमाले यो पटक निर्वाचनमा एक्लै प्रतिस्पर्धामा उत्रियो । भए जति सबै दल एकातिर र एमाले एक्लै प्रतिस्पर्धा गर्दा समेत एमालेले शानदार मत प्राप्त गरेको छ । गठबन्धनका नाममा भएका धाँधली र मतदाता खरिद प्रकृयाले मुलुक लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धामा भन्दा सत्तामा जसरी पनि पुग्नै पर्ने बाध्यतामा अघि बढेको छ ।
काभ्रेका १३ वटा पालिकाहरुमा पनि गठबन्धनको धाँधली देखियो । मतदानको समयमा भएका धाँधलीहरु त छँदै थिए मतगणना भएका स्थानमा पनि धाँधली देखियो । सुरक्षा निकाय र कर्मचारीहरुले पनि गठबन्धनलाई सहज हुने गरी सहयोगि भूमिका खेल्न पुगे । खानीखोला वडा नम्वर ३ मा एमालेका प्रतिनिधिहरुलाई बाहिर निकालेर सत्ता गठबन्धनका दलहरुका प्रतिनिधिहरुले मरेका, विदेश गएका र विविध कारणवश अनुपस्थित भएका ब्यक्तिहरुका नाममा समेत मतदान गरायो । खानीखोला जस्तै भुम्लु, चौरीदेउराली, रोशी र शहरी क्षेत्रका पालिकाहरुमा पनि त्यो हर्कत कायम भयो । गठबन्धनका १० जना प्रतिनिधिहरु हुँदा एमालेका ३ जना प्रतिनिधि निरीह देखिए । १० जनाले गलत नै कुरालाई सहि भनेर ठुलो स्वर गरे पछि एमालेका प्रतिनिधि चुपचाप बस्न बाध्य भए । एमालेका प्रतिनिधिहरुले गरेको उजुरीलाई समेत कारवाही भएन । सत्ता गठबन्धनका दबाबका कारण उजुरीका बारेमा छानविन नहुँदा गठबन्धनको प्रष्ट धाँधली देखिएको थियो । मतदानको समयमा भएको धाँधली मतगणनामा पनि देखियो । पाँचखाल १३ मा गठबन्धनको सुनियोजित रुपमा निर्वाचन विथोल्ने प्रयत्न भयो । दोश्रो चरणमा जेष्ठ ३ गते मात्रै निर्वाचन सम्पन्न भएको छ ।
मतगणनाका क्रममा तेमाल, बेथान्चोक, चौरीदेउराली र रोशी गाउँपालिकामा समेत धाँधली भएका खबरहरु सार्वजनिक भए । कतै दोहोरो मत गणना भएर अघिल्लो पटक काँग्रेसले जितेका स्थानमा एमालेले जित हासिल गरेको छ भने कतै एमालेका उम्मेदवारहरुले एक मतले पराजित भएका छन् । एमालेका उम्मेदवारलाई हराउन बदर मतलाई पनि सदर गराईएको छ । गठबन्धनका कारण पनि एमालेले धेरै स्थानमा हासिल गरेको विजयलाई एमाले बलियो पार्टी र जनमत भएको संगठनका रुपमा चिनाएको छ । आगामी ५ वर्षमा पुनः स्थानीय तहको निर्वाचन हुँदा एमालेले अहिलेको गठवन्धनका बाबजुत पकड जमाउने कुरामा निश्चिन्त छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा पनि गठवन्धनको यो हर्कत चिर्न र पार्टीका विचार र सिद्धान्तलाई जनताका बीचमा लैजान एमालेले पार्टीका दृष्टिकोणहरुलाई सशक्त बनाउनु जरुरी छ । निर्वाचनमा भएका धाँधलीहरु जनताका बीचमा लगेर पार्टीले प्राप्त गरेको जनमत जोगाउनु जरुरुी छ ।





