2026 April 17/ 02:32: 56am

    मुलुकको समृद्धिका लागि स्थानीय विकास, सुशासन र समृद्धि सम्बन्धी एमालेको नीति प्राथमिकतामा परेको छ । दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई परास्त गर्न, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने अभियानमा एमालेको नेतृत्वदायी भूमिका रहेको छ । एमालेको नेतृत्वमा मुलुकले प्राप्त गरेको समृद्धिको आधारलाई निरन्तरता दिन पनि स्थानीय सरकारको नेतृत्व एमालेले प्राप्त गर्नु जरुरी छ । राष्ट्रियताको सवालमा होस चाहे नाकाबन्दीको सामना गर्ने अभियानमा होस् केपी ओली नेतृत्वको सरकारले खेलेको भूमिका राष्ट्र र जनताको हितमा छ । नेपालको सिमाना सहितको नक्सा जारी गर्ने साहस बोक्ने नेकपा एमालेको नेतृत्वलाई स्थानीय सरकारमा समेत स्थापित गर्नु जरुरी छ । 
    गुणस्तरीय शिक्षाको आधार, मौलिक कला र संस्कृति, पर्यटनबाट समृद्धि, उन्नत कृषिः किसानको समृद्धि, आधुनिक उर्जा उज्यालो पालिका, स्वच्छ खानेपानी ? सफा बस्ती र राम्रो आनीबानी, निरोगी नेपाल, स्वस्थ नेपालीका लागि पनि स्थानीय सरकारमा एमालेको नेतृत्व जरुरी छ । शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, खानेपानी र सरसफाई रोजगार, सँस्कृति र सम्पदा संरक्षण, पर्यटन, सुशासन क्षेत्रमा मानव अधिकारमा आधारित समावेशी, समतामुलक, न्यायपूर्ण र दिगो विकासका लागि एमालेको नेतृत्व जरुरी छ । विद्युतीय नगरबस सञ्चालन गर्न आवश्यक छ । विभिन्न ठाउँमा चार्जिङ्ग स्टेशनहरु निर्माण गर्नु पर्नेछ । सबै गाउँ तथा बस्तीहरुमा थप स्तरीय सडक सञ्जाल विस्तार गर्नु पर्छ । अत्याधुनिक वहुउद्देश्यिय बसपार्क निर्माण गरी बसपार्कलाई सुव्यवस्थित गरिनेछ । खानेपानी र सरसफाई तर्फ एक घर एक धाराको माध्यमबाट सम्पूर्ण नागरिकहरुको शुद्ध र स्वच्छ पिउने पानीको पहुँचका लागि पनि एमालेको नेतृत्व जरुरी छ । अति विपन्न गरिव परिवारलाई निशुल्क खानेपानी उपलब्ध गराउनु जरुरी छ । मुख्य सार्वजनिक स्थल तथा चोकहरुमा सार्वजनिक शैचालय निर्माण गर्न जरुरी छ । खानेपानीका सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानीयुक्त पालिकाहरु घोषणा गर्नु जरुरी छ । आवास, बस्ती विकास तथा खेलकुद पूर्वाधार निर्माण गर्नु पर्नेछ । भू–उपयोग गुरुयोजना बमोजिम योजनाबद्ध र व्यवस्थित शहरी विकास, नगरलाई सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीको रुपमा विकास गर्न, एक वडा एक सुविधा सम्पन्न खेल मैदान निर्माण गर्नुपर्ने छ । फोहरमैलाको दिगो ब्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको पूर्वाधार निर्माणका लागि एमालेको नेतृत्व जरुरी छ । 
    निर्वाहमूखी कृषि प्रणालीलाई ब्यवसायीकरणका लागि, हरेक वडालाई कम्तिमा एक कृषि उत्पादन केन्द्रको रुपमा विकास गर्न, खेतीयोग्य भूमिहरुमा सिंचाई सुविधा विस्तार गर्न, ‘खुसी जेष्ठ नागरिक, सुखी बालबालिका, अपाङ्गमैत्री’ भन्ने नाराका साथ समाजबाट तिरस्कार भएका तथा परिवारबाट अपहेलित जेष्ठ नागरिकहरुलाई पुर्नस्थापित गर्न पनि एमाले नेतृत्वको सरकार आवश्यक छ । सरकारमा हुँदा गरेका काम र योजनाका कारण एमालेलाई मतदाताहरुले परिक्षण गरिसकेका छन् । सामाजिक सुरक्षा भत्ता लगायतका जनप्रिय कार्य गर्ने एमालेको पक्षमा हाम्रो मत रहनेछ । सबै नागरिकहरुलाई एमालेको सूर्य चिन्हमा मतदान गर्न आब्हान गर्छांै ।