राष्ट्रिय राजनीतिमा उथलपुथल भएको वर्ष २०७८ । राष्ट्रिय राजनीतिको प्रभाव जिल्लामा पर्नु स्वभाविक नै थियो र छ । केपी ओली नेतृत्वको सरकारले शुरु गरेका १ हजार ४ सय योजना मध्ये झण्डै एक सय भन्दा धेरै योजना का भ्रेपलाञ्चोक जिल्लाका पनि थिए । सबै योजना कटौतीमा परे पछि नागरिकहरु मारमा परेका छन् । हुनत विकास सबै दलका नागरिकहरुका लागि समान हुन्छ । योजनाहरु कटौती हुँदा केपी ओली निकट पार्टीका मात्रै नागरिकहरुलाई असर प¥यो त ? त्यसो होईन । जिल्लाबासी नागरिकहरु सबैका लागि त्यो अप्रिय थियो र छ । र पनि सत्तामा रहेका दलहरुले त्यसमा खुशी मात्रै बनाए । विनियोजन भएका योजनाहरु कटौतीमा पर्दा रमाउने दलहरु नै अग्रगमन भनिरहेका छन् । विकास रोक्ने अग्रगमन ? योजना निमार्ण गर्ने, बजेट विनियोजन गरी कार्यान्वय गर्ने दल विरुद्ध मोर्चाबन्दी ??? जिल्लाबासीहरुले इतिहासकै सबै भन्दा धेरै योजना र बजेट देख्ने अवसर यहि वर्षमा प्राप्त गरेका छन् । पाँचखालमा निर्माण हुँदै गरेको मदन भण्डारी विश्वविद्यालय, श्रीखण्डपुरमा निर्माण हुन लागेको सेक्युरिटी प्रिन्टिङ्ग प्रेस, साँगामा निर्माण भएको प्रतिरक्षा विश्वविद्यालय, फिल्म सिटी, सभा हल, सडक, विद्यालय, अस्पताल तथा अन्य संरचनाहरुका हिसाबले २०७८ उत्कृष्ट रह्यो । जसको नेतृत्व क्याबिनेट मन्त्री गोकुल बास्कोटाले प्राप्त गर्नु भएको थियो । त्यसको प्रभाव जिल्लाको समग्र क्षेत्रमा पुगेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा २०७८ सालमा विविध घटनाहरु भए । विश्वभरी फैलिएको कोभिड महामारीका कारण जिल्लमाा अक्सिजनको अभाव, समुदाय स्तरमा संक्रमण, अस्पतालमा शैयाको अभाव हुन पुग्यो । शुरुमा कोभिड विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउन हम्मेहम्मे भयो । वर्षको अन्त्य तिर खोप लगाउने मान्छे खोजेर पनि पाउन सकिएन । चैत्र मसान्तसम्म जिल्लामा करिव ३ सय थान मुद्दा दर्ता भएका छन् भने १ सय ५५ जनाको निधन भएको छ । २ सय २० भन्दा धेरै पक्राउ परेका छन् । केहि फरार छन् । फरार मध्ये केहि पक्राउ गरेका छन् । बालिका बलात्कार तथा हत्या, लागु औषध प्रयोग तथा ओसार पसार, ब्यक्ति हत्या, चोरी, लुटपाट जस्ता अपराध भएका छन् । जर्बजस्ति करणीका घटनाको संख्या थपिएका छन् । त्यो भन्दा धेरै आत्महत्याका घटना भएका छन् । ८ बर्षिया बालिका देखि ७६ बर्षिय जेष्ठ नागरिकले समेत आत्महत्या गरेका छन् । आत्महत्या न्युनिकरणका प्रयास भए पनि शिक्षित वर्गबाटै आत्महत्या भएका छन् । महिला हिंसाका घटनामा पनि बढोत्तरी भएका छन् । हिंसाकै कारण महिलाहरु आत्महत्यामा उन्मुख भएका घटना दर्ता भएका छन् । आत्महत्या दुरुत्साहनमा दर्ता भएका केहि मुद्दामा अभियुक्तले सफाई पाएका छन् भने केहिमा पुर्पक्ष गएका छन् । श्रीमान्ले श्रीमती र बच्चालाई घर भित्रै मारेर तीन दिन पछि पक्राउ परेका घटना पनि दर्ता भएका छन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दर्ताको सख्या बढेको छ । एक वर्षको अवधिमा काभ्रेपलाञ्चोक जिल्लामा झण्डै १ हजार ५ सय थान मुद्दा दर्ता भएका छन् । धेरै मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बर्षमा ४ सय वटा भन्दा धेरै छन् । यो वर्ष उक्त संख्या बढेर ६ सय पुगेको छ । दोश्रोमा जर्बजस्ति करणीका मुद्दा दर्ता भएका छन् । करणी र उद्योगमा दर्ता भएका मुद्दाहरुको संख्या धेरै छन् । तेश्रोमा अंश बण्डा सम्वन्धी मुद्दाका कारण अदालतमा चाप बढेको छ । स्थानीय तहहरुले पाँच वर्षमा केहि उपलब्धी हासिल गरेका छन् । केहि बदनाम भएका छन् । धुलिखेल अन्र्तराष्ट्रिय स्तरमा गरिबी न्युनिकरण, कार्बन उत्र्सजन तथा दिगो विकास लक्ष्यका चारवटा मुख्य आधारभुत आवश्यकता पूरा गर्ने नगरका रुपमा घोषणा भएको छ भने बालमैत्री नगरका रुपमा समेत चिनिएको छ । अन्य केहि पालिकाहरुमा सुधार देखिएको भए पनि उल्लेख्य काम देखिन सकेन । ब्यापारिक नगरी बनेपामा १६ सय सिँढीले आन्तरिक र बाह्य धार्मिक पर्यटकहरुका लागि सहज बनायो । जिल्लामा संघ र प्रदेश सँगै स्थानीय सरकारले गौरवका आयोजना शुरु गरेका छन् । जिल्लालाई स्थल, सुरुङ्ग र जलमार्ग हुँदै विकासको यात्रालाई अघि बढाउन बजेट विनियोजन भएको छ । भुकम्पले थिलथिलो भएका घरहरुको पुनर्निर्माणका लागि विनियोजन भएको रकम अझै प्राप्त गर्न भुकम्प पीडितहरुले सकेका छैनन । दुर्घटनामा केहिले ज्यान गुमाएका छन् । हत्या, आत्महत्या र दुर्घटनाका कारण ज्यान गुमाउनेहरुको संख्या पनि उल्लेख्य रह्यो । नयाँ जनप्रतिनिधिको निर्वाचन, नागरिकहरुले प्राप्त गर्ने सेवा र सुविधा सहित यो वर्ष फलदायी बनोस शुभकामना ।





