2026 April 17/ 12:39: 37am

    एक साता अघि विविध कार्यक्रमका साथ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । विश्वभर मनाईएको श्रमिक महिला दिवसको मुख्य उदेश्य नै सामाजिक न्याय र लैङ्गिक समानताका लागि दिगो विकासको सुनिश्चिता हो । कानून र ब्यवहार फरक छ । कानुनमा भएका धेरै कुराहरु ब्यवहारमा कार्यान्वयन जटिल छ । ऐन र कानुन निर्माण भएका छन् । तीन तहका सरकार सक्रिय छन् । संघ संस्थाहरु सक्रिय छन् । तर पनि महिला हिसाका घटनामा कमि हुन सकेको छैन । हिंसाकै कारण ब्यक्तिहरुले जीवन त्याग गर्न थालेका छन् । हुँदा हुँदा विवाहित महिलाहरु एक वर्ष नपुग्दै आत्महत्याको बाटो रोज्न थालेका छन् । यसलाई न्यूनिकरण गर्नु सरकारको मात्रै होईन सामाजिक अभियान्ताहरुको दायित्व पनि हो ।
    जिल्लामा घरेलु हिंसा, आत्महत्या, जर्बजस्ति करणी, बालविवाह, बालयौन दुराचार, बोक्सिको आरोप जस्ता जघन्य अपराध न्यूनिकरण हुन सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कले पनि अपराध न्यूनिकरण भन्दा बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७७÷२०७८ मा झुण्डीएर ९३ जनाले ज्यान गुमाउन पुगेका छन् । चालु वर्षको साढे ७ महिना अर्थात फागुन १५ सम्म ५५ जनाले झुण्डीएर आत्महत्या गरिसकेका छन् । विषादी सेवन गरेर मृत्यु हुनेहरुको संख्या अघिल्लो वर्ष ४२ जना थिए भने यो वर्ष १६ जना पुगिसकेका छन् । आत्महत्या गर्नेहरुको संख्या अघिल्लो वर्ष १ सय ३५ जनाले ज्यान गुमाए भने यो वर्ष ७४ जना पुगिसकेका छन् । घरेलु हिंसाका कारण आत्महत्या गर्नेहरुको संख्या थपिन थालेको छ । चालु वर्षमा ८ वर्ष, ११ वर्ष र १६ वर्षका बालबालिकाहरुले आत्महत्या गरेका छन् । चालु वर्षमा १४ वर्षमुनिका ४ जना बालबालिकाहरुले आत्महत्या गरेका छन् । १६–२५ उमेरका १९, २६–३५ उमेर समुहका १३, ३६–४५ उमेर समुहका १९, ४६–६० उमेर समुहका १३ र ६० वर्ष माथिका ६ जनाले आत्महत्या गरेका छन् । महिला २९, पुरुष ४१, बालक १ र बालिका ३ जना छन् । बनेपा, पाँचखाल, धुलिखेल, पनौती, मण्डनदेउपुर र कोशीपारी क्षेत्र बढी प्रभावित मानिएको छ । आत्महत्या दुरुत्साहनमा पुरुष २ जना र महिला १ जनालाई मुद्दा दर्ता गरिएको छ । जर्बजस्ति करणी अघिल्लो वर्ष २८ वटा भए भने यो वर्ष २० वटा भएका छन् । जर्बजस्ति करणी उद्योगतर्फ अघिल्लो वर्ष ६ वटा र चालु वर्षमा २ वटा छन् । कानुनले बहुविवाह रोकेको भए पनि अघिल्लो वर्ष ५ वटा र चालु वर्षमा २ वटा घटना दर्ता भएका छन् । समझदारीका लागि घटना दर्ता नभएका केहि उदाहरण पनि छन् । बालयौन दुरुपयोगमा अघिल्लो वर्ष ३ वटा र यो वर्ष १ वटा घटना दर्ता भएको छ । अघिल्लो वर्ष बालविवाह तीनवटा भएका थिए । बोक्सीको आरोपमा तीनवटा घटना दर्ता भएका छन् । नागरिकता कसुर सम्बन्धी कसुरमा चालु वर्षमा ३ वटा घटना दर्ता भएका छन् । अघिल्लो वर्ष ४ सय ४२ वटा घटना दर्ता भएका थिए । चालु वर्षमा २ सय ४८ वटा घटना दर्ता भएका छन् ।
    जिल्लामा घरेलु हिंसाका घटनामा बृद्धि भएको छ । आर्थिक वर्ष २०६७÷०६७ मा घरेलु हिंसाका २१६ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये १ सय २६ वटा उजुरीमा मिलापत्र भएको छ । मिलापत्र हुन नसकेको १२ वटा उजुरी अदालतमा पुगेका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर ७८ जना ब्यक्ति सम्पर्कमा आएनन् । कोरोना भाईरसका कारण आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ७२ वटा मात्रै उजुरी दर्ता भए । जसमध्ये १ सय ३१ वटा घटनामा मिलापत्र भएका छन् । १३ वटा उजुुरी मिलापत्र हुन नसकेका कारण अदालतमा दर्ता भएका छन् भने ३४ वटा उजुरीका ब्यक्तिहरु सम्पर्कमा आएनन् । चालु वर्षको साढे ७ महिनामा यो संख्या ह्वात्तै बढेको छ । १ सय ७२ वटा उजुरी दर्ता भईसकेका छन् भने १ सय १२ वटामा मिलापत्र भएका छन् । ३ वटा उजुरी अदालतमा दर्ता भएका छन् । ५७ जना अझै सम्पर्कमा छैनन् । घरेलु हिंसा न्यूनिकरणका लागि आजबाटै अभियान शुरु गरौं ।