2026 May 26/ 12:54: 19am

                बनेपा/आदर्श आर्थिक विकास बचत तथा ऋण संस्था लि. आगामी जेठ  २३ र २४ गते कक्षा ६ देखि १० कक्षा सम्मका विद्मार्थी बिच अन्तर विद्यालय फुटसल आयोजना गर्ने भएको छ । 
               संस्थाले बालवालिकाको शारिरीक तथा मानसिक विकास गर्ने उद्देश्येले उक्त फुटसल आयोजना गर्ने लागेको संस्थाका अध्यक्ष जेन वादेले बताए । वादेले सामाजिक विकासमा सहकारीको अहम भूमिका रहने भएकाले सहकारीले बनेपा नगर भित्रका संस्थागत विद्यालयलाई समेटी फुटसल आयोजना गर्ने बताए । संस्थाले प्रथम हुने विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत आकर्षक उपहार दिने संस्थाका व्यवस्थापक भरत तिमल्सिना बताए  । उक्त फुटसल प्रतियोगिता नाइटिङ्गेल एकेडमी जनागालको प्राङ्गणमा हुने तिमल्सिनाले बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । स्वास्थय शिविर, रक्तदान सदस्य राहत जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको ब्यबस्थापक तिमल्सिनाले बताए ।