ढुंखर्क/पतञ्जली योग समिति बागमती प्रदेशको आयोजना, पतञ्जली योग समिति काभ्रे तथा महिला समिति काभ्रेको तत्वाधानमा १५ दिने सह–योग शिक्षण तालिम ढुंखर्कमा सम्पन्न भएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त तालिममा स्वागत मन्तव्य पतञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थले दिनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, पतञ्जली योग समिति काभ्रेका निवर्तमान अध्यक्ष हरिशरण श्रेष्ठ, महिला निवर्तमान अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्षद्धय मोहनकृष्ण श्रेष्ठ र कमला राजभण्डारीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोबेन तौजलेलाई बेथानचोक गाउँपालिका र मुक्तेश्वर योग साधना केन्द्रले सम्मान गरिएको थियो । ३३ जना प्रशिक्षार्थी रहेको उक्त तालिममा प्रमुख अतिथि भगवान भण्डारी र प्रशिक्षक ग्रुबेन तौजलेले प्रमाणपत्र वितरण गरेका थिए । महिला पतञ्जली योग समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महामन्त्रीद्वय श्यामकुमार श्रेष्ठ र भवानी गुरुङले गरेको नकारी सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले दिनुभएको थियो ।





