बनेपा/नैतिक, व्यवहारिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आइरहेको ज्ञानकुञ्ज कलेजमा ‘टप १० म्यानेजमेन्ट छात्रवृत्ति’ परीक्षा असार २० गते हुँदै छ ।
काभ्रेपलाञ्चोकको सर्वोत्कृष्ट ब्यबस्थापन कलेजका रूपमा परिचित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि ‘टप १० ब्यबस्थापन छात्रवृत्ति परीक्षा २०८२’ आयोजना गरिएको हो । छात्रवृत्ति परीक्षा २०८२ असार २० गते शुक्रबार बिहान ७ः३० बजे ज्ञानकुञ्ज कलेज परिसर, बनेपामा सञ्चालन हुने कलेज प्रशासनले जानकारी दिएको छ । छात्रवृत्ति परीक्षामा उत्कृष्ट १० विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको प्रदान गरिनेछ । कलेजमा यस वर्षका लागि हस्पिटालिटी कम्प्युटर साइन्स (आईटी) र जनरल ब्यबस्थापन विषयहरूमाकक्षा ११ का लागि भर्ना खुलेको छ ।