पनौती/पनौती नेपाल संस्थाको १४ औ बार्षिक साधारण सभा तथा छैठौ अधिवेशनबाट विकास होराजुको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित गरेको छ ।
ललितपुरको लगनखेल स्थित होटेल साभा किल्फमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्ष नरेश सैजु, सचिव पुरुषोतम कर्माचार्य, कोषाध्यक्ष अमित नास्ननी सदस्यहरुमा उमा शंकर कर्माचार्य, यादव नारायण सोनाम, महेश कोङ्गा, मगंल कर्माचार्य, अरुण कर्माचार्य, दबेन्द्र धांजु, र प्रतिक कर्माचार्य सर्वसम्मत चयन भएका छन् । त्यसैगरी पनौती नेपाल महिला समुहको छैठौं बार्षिक साधारण सभा र तेस्रो अधिवेशनबाट सुनमाया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा हिरामाया तामाङ्ग, सचिवमा उषा कर्माचार्य, कोषाध्यक्षमा बिद्या कर्माचार्य र सदस्यहरुमा जिना श्रेष्ठ, कविता कर्माचार्य, सरस्वती श्रेष्ठ, सृजना धांजु, कृष्ण श्रेष्ठ, रश्मी कर्माचार्य, रबिना सैजु, रितु होराजु र अमृता श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा भएको थियो । नगर प्रमुख भण्डारीले पनौती नगरपालिका भित्र रहेका विभिन्न संघ सस्थाहरु सगं समन्वय गरी नगरपालिकाले विकास निमार्ण देखी विभिन्न धार्मिक, सांस्कृतिक क्षेत्रमा काम गर्दै आएको बताए । सबैको साथ र सहयोगमा मात्रै विकासका काम सम्भव हुने भणडरीले बताए । पनौती नेपालले गर्ने हरेक सामाजिक कार्यक्रमा नगरपालिकाको साथ र सहयोग रहने भण्डारीले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा पनौती नगरपालिकाका उप–प्रमुख गिता बन्जारा, वडा नं ७ का वडा अध्यक्ष सविन ताम्राकार, सम्पदा संरक्षण महाअभियान, संरक्षक रवि शाक्य, बिनायक फाउण्डेशन अध्यक्ष बिद्धान गुरु, सम्पदा संरक्षण महाअभियान अध्यक्ष सनिल प्रजापति, एस.एस.पि बिमलराज कँडेल, पुरुषोतम श्रेष्ठ, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्य, हाम्रो जात्राका श्याम था, संस्थाका संस्थापक अध्यक्ष उत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष जिवन सुन्दर रघु श्रेष्ठ, पनौती नेपाल महिला समुहका संस्थापक अध्यक्ष रमा श्रेष्ठलगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठित सामाजिक एवंम सम्पदा प्रेमी व्यक्तित्वहरु रबि शाक्य, बिद्धान गुरु, सुनिल प्रजापति, पूरुषोतम श्रेष्ठ, शिव प्रसाद जंगम श्याम था लगायतलाई पनौती नेपाल संस्थाका सदस्यहरुको एसईई उत्तिर्ण छोरा, छोरीहरुलाई सम्मान–पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठको सभापतिमा भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बिकास होराजुले राखेका थिए । कार्यक्रम संचालन सचिव सानुबाबु तामाङ्गले गरेका थिए ।









