2026 August 28/ 10:39: 21pm

          काभ्रे/नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोकले स्पष्टीकरणको जवाफ दिएको छ । 
गलत मनासय राखी आफ्नो अधिकार क्षेत्र भन्दा वाहिर गई संस्था कब्जा गर्ने उद्देश्यले एकल बिधान बनाई सत्ताको दम्भले विधान प्रमाणिकरण गरिएको विषयमा स्पष्टिकण सोधिएको पत्रमा भनिएको छ ।
         एकलौटी रुपमा बनाइएको विधानको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनुवाई दिदै विधान संशोधन गर्नका लागि विधान महाधिवेशनको आयोजना गरी संशोधनका प्रक्रियाबाट मात्रै गर्ने गराउने आदेश भएकोले उक्त आदेशको प्रतिशोध राखी निर्वाचित कार्यसमितिको कार्यवधि बाकी रहदै गर्दा निर्वाचनको प्रक्रिया थालनी नगरी जिल्ला कार्यसमिति विघटन गर्नका लागि थाहै नभएको विषयमा स्पष्टीकरण सोध्ने कार्य भएकोबाट प्रष्ट हुन्छ । 
         जिल्ला शाखाले विधानमा भएको व्यवस्था समेत स्मरण गराएको छ । नेपाल रेडक्रस सोसाइटी विधान २०२० (१८ औ संशोधन) २०८२ परिच्छेद २१ दफा ६७ मा विशेष महाधिवेशनको व्यवस्था भए अनुसार एक तृतियांश सभासदहरुले लिखित पत्र सहित नेरेसो केन्द्रीय कार्यालम निवेदन दर्ता भएको स्मरण गराइएको हो । बदनियत तरिकाले उक्त विशेष महाधिवेशनलाई दुष्प्रभावित गराउने मनाशय राखी प्रदेश, जिल्ला समिति विघटन गर्न केन्द्रीय तदर्थ समिति क्रियाशिल भएको जिल्ला शाखा काभ्रेको आरोप छ ।
             नेपाल रेडक्रस सोसाइटी काभ्रेका निवर्तमान सभापति रघुनाथ हुमागाँईले संस्थाको हितलाई मध्यनजर गर्दै रेडक्रसको आधारभुत सिद्धान्त र केन्द्रीय कार्यालयबाट मार्ग निर्देशन भए अनुरुपका क्रियाकलापहरु संचालन गरी मानवीय पीडा कम गर्न र विपद्का घट्नाबाट प्रभावित समुदाय तथा व्यक्तिहरुलाई तत्काल राहत तथा उद्धारका गतिविधिहरु संचालन गरिदै आएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाले न्यूनतम २ करोड रुपैयाको ब्लड बैंक अक्षयकोष स्थापना गरेको र उक्त कोष वृद्धिका लागि सहयोग संकलन निरन्तर भइरहेको उनले बताए । रक्तसंचार केन्द्रलाई प्रदेश सरकार स्वास्थ्य मन्त्रालय बाट १ थान रेफ्रिरेजेरेटर प्राप्त भएको छ । जिल्लावासीका लागि आवश्यक पर्दा निशुल्क रगत तथा रक्ततत्वहरु उपलव्ध गराउने उदेश्यले ५ वटापालिका तथा ३ वटा सहकारीहरु सम्झौता भएको छ ।
          तत्कालिन नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला कार्यसमितिले महत्वाकाक्षी योजना अन्तर्गत नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा भवन पुनः निर्माणका लागि साढे ५ तल्लाको रक्तसंचार सेवा (ब्लड बैंक) भवनको योजना प्रस्तुत गरेको थियो । उक्त योजनालाई वर्तमान कार्यसमितिले निरन्तरता दिदै प्रदेश सरकरकारलाई अनुरोध गरीएकोमा बाग्मती प्रदेश पूर्वाधार विकास मन्त्रालयबाट भवन निर्माणका लागि २०८२÷०८३ मा २० लाख र २०८३÷०८४ मा ४० लाख रकम उपलव्ध गराउनका लागि बजेट व्यवस्थापन भएको छ नेपाल रेडक्रसको विधान बमोजिम एक पालिका एक रेडक्रसको अवधारण अनुरुप यस जिल्लाको १३ वटै स्थानिय तहमा पालिका शाखा गठन गरीएको छ । ३८ वटा उपशाखाहरु क्रियाशिल भई मानवीय सेवाका गतिविधिहरु निरन्तर संचालन गरी रहेका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखा कार्यसमितिको निर्वाचन मिति २०८१ कार्तिक ३ गते सम्पन्न भएको थियो ।
नेपाल रेडक्रसको विधान २०२० (१८औ शंसोधित २०८२) बमोजिम पालिका शाखा जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न गर्नका लागि नेरेसो केन्द्रीय समितिले मिति तोकी निर्वाचन अधिकारी तोकी सिफारिस समेत भएको थियो।नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको किचलोका कारणले नेपाल सरकार जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मिति २०८२÷०४÷०९ गते पत्रबाट निर्वाचनका सम्पूण पक्रियाहरु स्थगित गर्ने पत्रका आधारमा पालिका शाखा÷ जिल्ला शाखाको निर्वाचन स्थगित गरिएको थियो । पुनः २०८२÷०५÷०२ को मितिमा नेरेसो केन्द्रीय कार्यालय बाट प्राप्त पत्रले वर्तमान जिल्ला शाखा कार्यसमितिलाई निरन्तता दिदै गतिविधिहरु संचालन गर्ने उल्लेख भएको छ । नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८३/२/२९ को पत्र अनुसार श्री विसाल कुमार भण्डारीको नेतृत्वमा नेरेसो केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो जस्को काम कर्तव्य र अधिकार भित्र नियमित संस्थाको गतिविधि संचालन मात्रै उल्लेख भएको थियो । 
            तथापि नेरेसो केन्द्रीय तदर्थ समितिले गलत मनासय राखी आफनो अधिकार क्षेत्र भन्दा बाहिर गई संस्था कव्जा गर्ने उद्देश्यले एकल बिधान बनाई सत्ताको दम्भले विधान प्रमाणिकरण गरेका थिए त्यसको विरुद्धमा सवोच्च अदालतमा परेको रिट निवेदनमा सुनुवाई दिदै विधान संशोधन गर्नका लागि विधान महाधिवेशनको आयोजना गरी संशोधनका प्रक्रियाबाट मात्रै गर्ने गराउने आदेश भएकोले उक्त आदेशको प्रतिशोध राखी निर्वाचित कार्यसमितिको कार्यवधि बाँकी रहँदै गर्दा निर्वाचनको प्रक्रिया थालनी नगरी जिल्ला कार्यसमिति विघटन गर्नका लागि थाहै नभएको विषयमा स्पष्टीकरण सोध्ने कार्य भएकोबाट प्रष्ट हुने नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाले स्पष्ट पारेको छ ।