2026 April 17/ 02:44: 09am

        पनौती/काभ्रेपलान्चोक र बागमती प्रदेश उद्योग परिसंघको आयोजनामा भएको महोत्सवमा अटोमोबाइल इन्जिनियरिङतर्फ पनौती प्राविधिक शिक्षालयका धनबहादुर तामाङ प्रथम भएका छन् । 
            हेटौडामा भएको २ दिने सीप महोत्सवमा प्रतियोगितात्मक सीप प्रदर्शनको आयोजना गरिएको थियो । प्रतियोगितामा सूचना प्रबिधितर्फ काठमाडौंको बुढानिलकण्ठ माध्यमिक विद्यालयका विकास भण्डारी प्रथम भएका थिए भने होटल म्यानेजमेन्टतर्फ चितवनको बछौली माध्यमिक विद्यालयकी विपिका थापा मगर प्रथम भएकी थिईन् । विजेतालाई  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रमाणपत्र प्रदान गरेका थिए । मुख्यमन्त्री लामाले सिप सिक्नु भनेको आफै स्वरोजगार भएकाले सिपमूलक शिक्षा अनिवार्य रहेको बताए । कार्यक्रममा पनौती प्राविधिक शिक्षालयका प्रमुख जेन्दी बादे लगायत विद्यार्थीहरुको महोत्सवमा सहभागी रहेको थियो ।